१३ बैशाख २०८१, बिहीबार

मोहम्मद ईश्तियाक राईको राजनितिक यात्रा–गाउँ इकाईदेखि सिंहदरबारसम्म

मोहम्मद ईश्तियाक राईको राजनितिक यात्रा–गाउँ इकाईदेखि सिंहदरबारसम्म

नेपालगन्ज, कात्तिक २८ । हरेक राजनीतिज्ञको कठिन र अनिवार्यजस्तै एउटा परीक्षा हो चुनाव। राजनीतिक यात्राको १३ वर्षपछि नै इश्तियाक राईले चुनावी मैदान रोजिसकेका थिए। राजनीतिक जीवनको सबैभन्दा ठूलो चुनौती र असिमित सम्भावना गाँसेको यो चुनावी सेतु उनले सजिलै तरिदिए।
राजनीतिक इतिहासको पहिलो संविधानसभाको चुनावमा उनले बाँके क्षेत्र नं २ बाट चुनाव जिते। बाँकेको राजनीतिक इतिहासमा यो एउटा त्यस्तो निर्वाचन क्षेत्र हो जहाँ देशका प्रधानमन्त्रीसमेत भइसकेका सुशील कोइरालाले पनि चुनाव हार्नुपरेको थियो।
२०६४ सालको निर्वाचनमा उनले आफ्नै निकटतम प्रतिद्वन्द्वी दिनेशचन्द्र यादवलाई पराजित गरेर संविधानसभाको सदस्य भए। त्यो बेला उनी मात्रै २८ वर्षका थिए। २८ वर्षको एउटा ‘मधेसी’ ठिटो सांसद बनेर पहिलोपटक संविधानसभाको भवनमा छिर्दै थियो। उनी एउटामात्रै त्यस्तो सांसद हुन् जसले पहिलोपटक संसद भवनमा अवधी भाषामा सपथ लिएका थिए।
आखिर लडेको नै त्यही आफ्नोपनका लागि थियो। पहिचान र अधिकारका लागि थियो। यही अवधिमा उनी श्रम तथा यातायात मन्त्री पनि भएका थिए।
३१ वर्षीय इश्तियाक बहुदलपछि सबैभन्दा कान्छो मन्त्री बन्न पुगे। तर यो संविधानसभाले संविधानको कुनै रूपरेखा नै कोर्न सकेन। बरू तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा नै विघटन गरेर अर्को चुनाव गराउने जिम्मेवारी प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सुम्पिदिए।
यसरी जनताले निकै उत्साहका साथ गराएको संविधानसभा आफ्नैे उमेर नपुग्दै मासियो। २०७० सालमा फेरि चुनाव भयो। यसपालि पनि इश्तियाक चुनाव लडे। २०७० सालमा संविधानसभाको दोस्रो चुनाव भएको थियो। यसपालि भने उनले चुनाव जित्न सकेनन्। त्यो बेला चारवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा ३ वटा सिट नेकपा एमालेले जित्यो भने एउटामा नेपाली कांग्रेसका सुशील कोइरालाले चुनाव जिते।
हरेक उम्मेदवार चुनाव जित्नकै लागि लड्छ, तर चुनाव हारेर पनि के भो ? एकपटक चुनाव हार्दैमा पूरै राजनीतिक जीवन त सकिन्न नि ?

चुनावमा पराजित भएपछि इश्तियाक पार्टीमा झन् सक्रिय भए। आफ्नो व्यापार व्यवसाय सम्हाल्ने र फैलाउने समय पनि मिल्यो। समयले फेरि फन्को मार्यो। २०७२ सालमा संविधान बन्यो र २०७४ मा २० वर्षपछि पहिलोपटक स्थानीय र आम निर्वाचन भयो।
यो निर्वाचनमा भने इश्तियाकले फेरि बाजी मारे। उनले बाँके क्षेत्र नं २ मा एमाले र माओवादीको समर्थन पाएका पशुपति दयाल मिश्र अनि नेपाली कांग्रेसको समर्थन पाएका राप्रपाका ओमप्रकाश आजादलाई पराजित गर्दै सांसद भए। यो राजनीतिक यात्रासँगै इश्तियाक राई सहरी विकास मन्त्री भए। तत्कालीन नेकपा एमाले र नेकपा माओवादीको मिलनपछि मिलेर सरकारमा गएको जसपा त्यहाँ पूरै समय भने रहेन।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हर्कत’माथि प्रश्न उठाउँदै सरकार छोडेको जसपाले त्यसपछि नेपाली कांग्रेस र माओवादीहरूसँग गठबन्धन गरेर फेरि शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रवेश ग¥यो। र, फेरि इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री भए।
नेपाली राजनीति स्थिर त कहिले पो हुन सक्यो र ? मन्त्री पदमा रहँदै चुनावी मैदानमा उत्रिएका राईलगायत पार्टीका केही मन्त्रीहरूलाई चुनावको मुखैमा प्रधानमन्त्रीले बर्खास्त गरिदिए। कारण थियो– गठबन्धन। इश्तियाकको पार्टी जसपाले सत्ता साझेदार दलहरूसँगको साझेदारी तोडिदिएको थियो।
फेरि पनि इश्तियाक बाँके क्षेत्र नं २ को चुनावी मैदानमा एक्लै उत्रिएका छन्। एकातिर माओवादी, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको समर्थनमा नेपाली कांग्रेसका सुदीप नरसिंह राणा र अर्कोतिर एमालेको समर्थन पाएका धवल समशेर राणाको घेराबन्दीबीच चुनावमा होमिएका राई ढुक्क छन्, ‘मैले मतमात्रै होइन, फेरि एकपटक यहाँ विकासको लहर ल्याउन मौका दिनुहोस् भनिरहेको छु। जनतासँगको मेरो गठबन्धनमा मलाई पूरा विश्वास छ।’


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *