१३ बैशाख २०८१, बिहीबार

मोहर्रम शान्तिपुर्वक सम्पन्न गर्न सहयोग गर्ने वरिष्ठ व्यक्तित्वहरु सम्मानित

मोहर्रम शान्तिपुर्वक सम्पन्न गर्न सहयोग गर्ने वरिष्ठ व्यक्तित्वहरु सम्मानित

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन २५ गते । ईस्लामिक नयाँ वर्ष हिजरी सम्वतको शुरुवातसंगै १० दिनसम्म मनाइने मोहर्रम बाँकेमा शान्तिपुर्ण रुपमा धामिर्क सदभाव र सामाजिक एकताका साथ सम्पन्न भएको छ ।
१० दिनसम्म बाँकेको नेपालगञ्ज लगायत विभिन्न ठाउँमा भव्य रुपमा दैनिक विभिन्न कार्यक्रम, जुलुस र सभा गरेर मोहर्रम सम्पन्न गरिएको हो । अन्तिम दिन दस तारिखमा भव्य जुलुससहित स्थानीय कर्बलामा पुगेर ताजिया विसर्जन गरिएको थियो ।
मोहर्रमलाई शान्तिपुर्ण, धामिर्क सदभाव, सामाजिक एकता र भाइचारका साथ सम्पन्न गर्न दस दिनसम्म अहोरात्र खटिने तथा सहयोग गर्ने विभिन्न धर्म समुदायका अगुवा, प्रहरी प्रशासनका प्रमुख, धार्मिक सदभाव समितिका पदाधिकारी, पत्रकारहरु र अन्य सामाजिक व्यक्तित्वलाई नेपाल मोहर्रम समिति धम्बोझी नेपालगन्जले सम्मान गरेको छ ।
नेपाल मोहर्रम समिति धम्बोझी नेपालगन्जका अध्यक्ष मेराज अहमद हिमालयका अनुसार मोहर्रमलाई धामिर्क सदभावका साथ व्यवस्थित तरिकाले शान्तिपुर्ण रुपमा सम्पन्न गराउन योगदान दिने व्यक्तिहरुलाई हुसैनी साफा बाँधेर सम्मानपत्र प्रदान गरि सम्मान गरिएको बताउनुभयो ।


सम्मानित हुनेहरुमा धार्मिक सामाजिक सदभाव समितिका राष्ट्रीय अध्यक्ष दिपक राजपुत लोध, बागेश्वरी मन्दिरका मठाधीश महन्त चन्द्रनाथ योगी, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, जिल्ला प्राहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरी गण बांकेका प्रमुख, राष्ट्रीय अनुसंधान कार्यालय बांकको प्रमुख, नेपालगन्ज वडा प्रहरी कार्यालयका प्रमुख रिपेन्द्र सिंह हुनुहुन्छ ।
सोही प्रकारले सम्मानित हुनेहरुमा धार्मिक सामाजिक सद्भाव समिति वरिष्ठ सदस्यहरु पवन पटहर, पंकज कनौजिया, संतोष श्रेष्ठ, शनी गोयल, सुरेश अग्रवाल, रचना श्रेष्ठ, प्रकाश जयसवाल, अशुंतोष कुमार गुप्ता, पियूष बैश्य, बिरू गुप्ता, तिर्थराम बेलिहा बेलाशपुर, मौलाना कलीम अंसारी आरÞफी, फुल्टेक्रा मुहर्रम समितिका अध्यक्ष मेराज हल्वाई, मंगल खान, काले जर्राह, गरीबे शेख, बबलु हल्वाई रहनु भएको छ ।
यसैगरि सम्मानित हुने पत्रकार तथा समाजसेवीमा वरिष्ठ पत्रकार तथा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, खोज खबर डटकम प्रमुख जावेद अंसारी, पत्रकार आरीफ अंसारी, जावेद हल्वाई, सकील अहमद कादरी, अजमत अली खान, अर्शदअली रंगरेज, अर्शद, आरजे अन्सारी तथा युवा बालक्लब अध्यक्ष तथा समाजसेवी शाहील अंसारी रहनु भएको छ ।
यसैगरि सदका ए पंजतनपाक समिति नेपालका अध्यक्ष इमरान अहमद हल्वाई, उपाध्यक्ष अल्ताफ हुसैन मास्टर र ताजियादार समिति धम्बोझीका अध्यक्ष फारुक शेख लगायतलाई पनि सम्मान गरिएको थियो ।
सम्मानित हुने व्यक्तित्वहरुलाई नेपाल मोहर्रम समिति धम्बोझी नेपालगन्जका अध्यक्ष मेराज अहमद हिमालय, संबिधान सभा सदस्य अब्दुल हमीद सिद्दीकी, नेकपा एमाले केन्द्रीय सदस्य हारून कादरी, नेकपा माओवादीका केन्द्रीय सदस्य अतहर हुसैन फारूकी, मौलाना मंसुर आरफी हल्वाई, हाजी कदीर अंसारी लगायतले हुसैनी साफा बांधेर सम्मान पत्र हस्तान्तरण गरेर सम्मान गर्नु भएको थियो ।
यसका साथै मोहर्रमका अवसरमा ६ तारिखदेखि १० तारिखसम्म हुसैनी लंगरको व्यवस्था पनि गरिएको थियो । जस अन्तर्गत नगरका विभिन्न टोल र वडाका चोक चोकमा हुसैनी भंडाराको आयोजना गरि खाना वितरण गरिएको थियो ।
सोही प्रकारले मोहर्रमकै अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको नेपाल मोहर्रम समिति धम्बोझी नेपालगन्जका अध्यक्ष मेराज अहमद हिमालयले बताउनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *