७ बैशाख २०८१, शुक्रबार

मौसम परिवर्तनसंगै बाँकेमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

मौसम परिवर्तनसंगै बाँकेमा भाइरल ज्वरो र रुघाखोकीका बिरामी बढे

नेपालगञ्ज पाटी समाचार
नेपालगञ्ज, कात्तिक १२ । मौसम परिवर्तन भैरहेकै बेलामा बाँके जिल्लामा भाईरल ज्वरो र रुघाखोकीका विरामीहरु बढ्दै गएका छन् ।
केही महिना पहिलेसम्म कहर मचाएको कोरोनाको संक्रमण निकै घट्दै गएपनि अहिले आएर जिल्लामा भाईरल ज्वरो, रुघाखोकी र टाइफाइडका विरामीहरु बढ्दै गएको अस्पतालहरुले जनाएका छन् ।
अहिले गर्मी समाप्त भएर चिसो मौसम शुरु भएकोले सोही कारणले ज्वरो, रुघाखोकी र टाइफाइडका बिरामीहरुको संख्या अत्याधिक बढेको भेरी अस्पतालका प्रवक्ता डा. संकेत कुमार रिसालले बताउनुभयो ।
उहाँले अहिले कोरोनाका विरामीहरु निकै कम भैसकेको जनाउँदै तर भाइरल ज्वरोका विरामी भने धेरै बढेको बताउनुभयो ।
अहिले भेरी अस्पतालमा उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिगान निस्कने र पखाला समेत लाग्ने लक्षण देखिने विरामीहरु ठुलो संख्यामा आउने गरेका छन् ।
सोही प्रकारले नेपालगञ्ज र कोहलपुरका नीजि अस्पतालहरुमा पनि हाल यस्ता बिरामीहरु आउनेक्रम बढेको अस्पतालहरुले जनाएका छन् ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका वरिष्ठ फिजिसियन डा. आसिम किदवाइले अहिले दैनिक पचासदेखि सयको हाराहारीमा ज्वरो, र रुघाखोकीका विरामीहरु शिक्षण अस्पतालमा आउने गरेको बताउनुभयो ।
उहाँले ती मध्ये अधिकांशलाई टाइफाइड देखिने गरेको हुँदा कोभिडको जोखिमसंगै अन्य जोखिम पनि रहेकोले सचेतना अपनाउन आग्रह गर्नु भएको छ ।
यसैविच जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बालबालिका र बृद्धबृद्धामा बढी भाइरल ज्वरोको प्रकोप बढेपछि घरघरमा विरामीको सङख्या बढ्दै गएको छ भने अस्पताल र क्लिनिकहरुमा समेत ज्वरो र टाइफाइडका बिरामीको संख्या बढेको छ ।
मौसम परिर्वतन, दुषित पानी र खानपिनमा उचित ध्यान नपु¥याउँदा भाइरल ज्वरोको बिरामी बढेको चिकित्सकहरुको भनाई छ । भाइरल ज्वरो तीनदेखि पा“च दिनसम्म आफैं निको हुने मान्यता रहे पनि हाल निको हुन सात दिन पनि लाग्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *