७ बैशाख २०८१, शुक्रबार

‘यस पटक बाँकेमा जसपाले चार पालिकामा स्थानीय सरकार बनाउँछ’

‘यस पटक बाँकेमा जसपाले चार पालिकामा स्थानीय सरकार बनाउँछ’

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ३० । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईले बाँकेमा यस पटक चारवटा पालिकामा जनता समाजवादी पार्टीका उम्मेदवारहरुले सहजै विजयी हुने दावी गर्नुभएको छ । उहाँले आफु शहरी विकास मन्त्री भएपछि संसदीय क्षेत्रसंगै जिल्लाका लागि गरेको विकास निर्माणलेनै नै जसपा जिल्लामा एक नम्बरको पार्टी बनेको बताउनुभयो ।
डुडुवाको बनकट्टीमा बुधवार आयोजना गरिएको समाजवादी युवा संघ बाँकेको गाउँपालिकास्तरीय बृहत्त भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री राईले यस पटक नेपालगञ्ज, डुडुवा, जानकी र नरैनापुरमा जसपाको स्थानीय सरकार बन्ने र जनताले विकाससंगै रोजगारी र गुणस्तरीय शिक्षा तथा उत्कृष्ट स्वास्थ्य सेवा पाउने बताउनुभयो ।
उहाँले डुडुवा गाउँपालिकामा जसपाका उम्मेदवार भण्डारी लाल यादवको नेतृत्वमा अधिकांश वडामा ठुलो मत अन्तरले बिजयी हुने र त्यसपछि भुमिहीन र ऐलानी जग्गामा घर बनाएकालाई लालपुर्जा वितरण गरिने, फुसका घरलाई टीन वितरण गरिने, सडकहरु कालोपत्रे गरिने, शिक्षा र स्वास्थ्यका लागि विशेष योजना सञ्चालन गरिनुका साथै रोजगारी सृजना गर्न थुप्रै उद्योग कलकारखाना लगाउने वातावरण बनाउने समेत प्रतिवद्धता जनाउनुभयो ।


यस पटकको निर्वाचन गत २०७४ सालको जस्तो निर्वाचन नभएको जिकिर गर्दै उहाँले यस पटक चार वर्षको पुर्ण तयारीका साथ निर्वाचनमा होमिएको र डुडुवामा काँग्रेस, माओवादी, राप्रपा र एमालेबाट विगतका अधिकांश प्रतिष्पर्धीहरु जसपामा प्रवेश गरिसकेकोले ठुलो अन्तरले जित हुने दावी गर्नुभयो ।
पुर्व मन्त्री राईको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा जसपाका केन्द्रीय सदस्य हिक्मत बि क, जिल्ला अध्यक्ष कमरुद्दीन राई, राष्ट्रीय भुमि आयोगका अध्यक्ष श्रवण यादव, डुडुवा गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार भण्डारी लाल यादव लगायतले पनि यस पटक बाँकेमा जसपाले ईतिहास कायम गर्ने अवस्था बनेको बताउनुभयो ।
रबिन्द्र बर्माको अध्यक्षतामा ७२ सदस्यीय समिति गठन
समाजवादी युवा संघ डुडुवा गाउंपालिकाको बुधवारको भेलाले रबिन्द्र बर्माको अध्यक्षतामा ७२ सदस्यीय समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा रिजवान खान, प्रज्वल चौधरी, शुरेश यादव, सचिवमा सईद खां, बिशुन्नाथ मौर्या, सह सचिवमा रोजत अलि र कोषाध्यक्षमा मेराज खां रहेका छन । सो समितिले
गाउँपालिकामा युवाहरुलाई निर्वाचनमा परिचालन गर्ने र हरेक टोल टोलमा युवाहरुको संगठन निर्माण गरेर जसपाका उम्मेदवारका पक्षमा माहोल बनाउने कार्य गर्ने जसपाका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *