६ बैशाख २०८१, बिहीबार

यातायातमा छुटको माग गर्दै तीन विद्यार्थि संगठनद्धारा जिल्ला प्रशासन कार्यालय घेराउ

यातायातमा छुटको माग गर्दै तीन विद्यार्थि संगठनद्धारा जिल्ला प्रशासन कार्यालय घेराउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ८ पुस । सरकारद्वारा सार्वजनिक यातायातमाको भाडामा दिईएको सहुलियत कार्यान्वयन गर्न माग गर्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी सहित बाँकेमा क्रियाशिल तीन वटा विद्यार्थी संगठनले प्रशासन कार्यालय घेराउ गरेका हुन् ।
सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, जेष्ठ नागरिक र अपाङ्गलाई आरक्षण सहित ५० प्रतिशत सहुलियत कार्यान्वयन गरिनुपर्ने माग गर्दै आएका छन् ।
चरणबद्ध संघर्षका कार्यक्रमअन्तर्गत बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा एक घण्टा धर्ना सहित बिरोध प्रर्दशन गरेका थिए ।
विद्यार्थीहरुले केही दिनअघि मात्रै यातायात व्यावस्था कार्यालय बाँकेमा भाडामा सहुलियत कार्यान्वयनको माग गर्दैँ एक घण्टा कामकाज ठप्प हुने गरेर विरोध प्रर्दशन गरेका थिए ।
सरकारले विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गलाई आरक्षण सहित सहुलियतको व्यवस्था गरेको लामो समय भइसक्दा पनि उपत्यका बाहेकका जिल्लामा यसको कार्यान्वयन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

1 Comment

  • Sangam Pokhrel

    समाचारलाई पुर्ण बनाउन पत्रकार ज्युले अल्छी गर्नु भएको कि अनुभव नभएको हो ? त्यहा तीनवटा कुन कुन संगठन थिए ? विद्यार्थी र आमनागरिकको जिविकाको सवालमा कसले के बोले त्यो उल्लेख गर्नु पत्रकारको दायित्व होईन ? जनपक्षीय पत्रकारिता गर्ने स्वभावको विकास नभएकै हो ?

Leave a Reply to Sangam Pokhrel Cancel reply

Your email address will not be published. Required fields are marked *