१६ चैत्र २०८०, शुक्रबार

रगत अभाव टार्न रक्तदान गर्न गराउन सबैसंग उपमेयर राईको आग्रह

रगत अभाव टार्न रक्तदान गर्न गराउन सबैसंग उपमेयर राईको आग्रह

माता बागेश्वरी बचत तथा ऋण सहकारीको रक्तदानमा ३३ जनाले गरे रक्तदान
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १३ । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा शुक्रबार नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संस्थाका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षतामा भएको रक्तदानको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै राईले रक्तदान जिवन दान भएकोले जिवन बचाउने अभियानमा सहयोगी बन्न सबैलाई आव्हान गर्नुभयो । उहाँले अहिले रगतको अभाव भएको जानकारी प्राप्त भएकोले बढी भन्दा बढीले रक्तदानमा सहभागि हुनुपर्ने बताउनुभयो ।

उपप्रमुख राईले उपमहानगरमा रहेका विभिन्न संघसंस्था र रक्तदाताहरुलाई रक्तदान कार्यक्रम आयोजना गर्न आह्वान समेत गर्नुभयो । नेपालगञ्जस्थित रक्त सञ्चार केन्द्रमा केह िसमययता रगत अभाव भैरहेको थाहा भएको छ ।
रेडक्रसका पूर्व केन्द्रीय उपाध्यक्ष अजित कुमार शर्मा, कपास विकास समितिका अध्यक्ष हेमन्तराज काफ्ले, बचत तथा ऋण संघ बाँके जिल्ला अध्यक्ष प्रकाश सुवेदी, रंक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलगायतको सहभागीता रहेको बचत संस्थाका प्रबन्ध निर्देशक अम्बिका काफ्लेले जानकारी दिनुुभयो ।
सो रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका ३३ जनाले ३३ पिन्ट रक्तदान गर्नु भएको माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *