१६ चैत्र २०८०, शुक्रबार

रवि तुलाधरको नेतृत्वमा बाँके युनेस्को क्लबको नयाँ कार्यसमिति निर्वाचित

रवि तुलाधरको नेतृत्वमा बाँके युनेस्को क्लबको नयाँ कार्यसमिति निर्वाचित

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, ७ साउन । बाँके युनेस्को क्लबको शनिवार सम्पन्न दशौं अधिवेशनले रवि तुलाधरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
तुलाधरको अध्यक्षतामा निर्वाचित भएको कार्यसमितिको उपाध्यक्षमा ललिता चौधरी, महासचिवमा बुद्धेश जैसवाल, कोषाध्यक्षमा फिरदौस जहाँ खान, सचिवमा सोबिया सिद्दिकी शाह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत साजिद अली सिद्दिकीले बताउनुभयो ।
उहाँका अनुसार कार्यसमितिको सदस्यहरुमा भाबुक जंग थापा, फरमान अली सिद्दिकी, मीना भुसाल, जावेद सिद्दिकी, मीना चौधरी र शाहिल अन्सारी निर्वाचित हुनु भएको छ ।

सोही अधिवेसनले नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात र नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकारलाई आजिवन मानार्थ संरक्षकमा मनोनित गरेको छ भने निवर्तमान अध्यक्ष राजेन्द्र चौधरीलाई संरक्षकमा मनोनित गरेको छ ।
सोही प्रकारले उक्त अवसरमा क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले क्लबको कार्यकारी निर्देशकमा साजिद अलि सिद्दिकी र सह निर्देशकमा महेश नेपालीको नाम प्रस्ताव गर्नु भएकोमा साधारणसभाले पारित गरेको थियो ।
सोही प्रकारले क्लबको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पद थप्ने प्रस्तावलाई पनि बन्दसत्रले पारित गरेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *