८ बैशाख २०८१, शनिबार

राजनितिमा उच्च सैनिक अनुशासन देखाउन पुर्व सैनिकलाई प्रधानसेनापतिको आग्रह

राजनितिमा उच्च सैनिक अनुशासन देखाउन पुर्व सैनिकलाई प्रधानसेनापतिको आग्रह

जे पाण्डे
नेपालगञ्ज, चैत २१ । प्रधान सेनापति प्रभूराम शर्माले भूतपूर्व सैनिकहरूलाई मन परेको राजनीतिक पार्टीमा लाग्ने छुट भए पनि राजनीति गर्दा भने उच्च सैनिक अनुशासन देखाउनु पर्ने बताएका छन् ।
नेपालगञ्जको ४ बाहिनी व्यारेकमा सोमबार आयोजित भूतपूर्व सैनिकहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले राजनीतिमा पनि उच्च नैतिकता र अनुशासन देखाउन आग्रह गरेका हुन् । सेनापति शर्माले भने, ‘तपाईंहरूलाई आफूले चाहेको राजनीतिक दलमा लाग्ने छुट छ । तर, त्यहाँ पनि सैनिकको अनुशासित चरित्र प्रदर्शन गर्दा राम्रो हुन्छ ।’
प्रधान सेनापति शर्माले भूतपूर्व सैनिक र उनका परिवारको हित तथा कल्याणका लागि सैनिक कल्याणकारी कोषले आर्थिक तथा भौतिक सहयोग बढाउँदै लगेको उल्लेख गर्दै सेनाका लागि एउटा सैनिक इन्जिनियरिङ कलेज सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । ( इ कान्तिपुरबाट साभार )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *