८ बैशाख २०८१, शनिबार

राजावादीले राखेको बिरेन्द्रको शालिक हटाउन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार, प्रहरीद्धारा चार राउण्ड हवाई फायर

राजावादीले राखेको बिरेन्द्रको शालिक हटाउन खोज्दा प्रहरीमाथि ढुंगा प्रहार, प्रहरीद्धारा चार राउण्ड हवाई फायर

सहिद सेतुविकको शालिक तोडफोड, नगरका चोकहरुको सुरक्षा बढाइयो
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १९ । अनुमति र सहमति विना नेपालगञ्जको धम्बोझी चोकमा राजावादीहरुले विहिबार विहानै स्वर्गिय राजा बिरेन्द्रको शालिक स्थापना गरिएपछि प्रहरीले हटाउन खोज्दा शालिक राख्ने र प्रहरीविच झडप भएको छ । राजा समर्थक नेपालगञ्जका केही युवाले एकाविहानै चोकमा राजा बिरेन्द्रको शालिक स्थापना गरेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि चारैतिरबाट ढुंगा प्रहार गरिएको र सो क्रममा प्रहरीले चार राउण्ड हवाई फायर गरेर भिड तितरवितर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सो क्रममा ढुंगा लागेर करिब १५ जना प्रहरी सामान्य घाइते भएको, स्थापना गरिएको शालिकलाई हटाईएको तथा हुलहुज्जत गर्ने केहीलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
धम्बोझी चोकमा स्वर्गीय राजा बिरेन्द्र शाहको शालिक राखेको एक घण्टा बित्न नपाउदै स्थानीय प्रहरी, प्रशासनले हटाउन खोज्दा झडप भएको उहाँले बताउनुभयो । सो क्रममा प्रहरीले चार राउण्ड हवाई फायर समेत गरेको थियो । सो चोकमा यसअघि केही वर्ष पहिले पनि राजा विरेन्द्रको शालिक राख्ने प्रयास गरिएको थियो, त्यसबेला पनि प्रहरीले हटाएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले प्रशासनको अनुमति विना केही युवाले धम्बोझी चोकमा शालिक राखेको र त्यसको केही समयमै प्रहरीले शालिक हटाएको जनाउँदै अहिले अवस्था नियन्त्रणमा रहेको बताउनुभयो ।
यसअघि केही महिना पहिले नेपालगञ्जको त्रिभुवन चोकमा पनि अनुमति विना केही युवाले राजा त्रिभुवनको शालिक स्थापना गरेका थिए । त्यति बेला प्रहरी प्रशासनले कुनै एक्सन लिएको थिएन ।
प्रहरीले विरेन्द्रको शालिक हटाएलगत्तै केही युवाले नजिकै रहेको सहिद सेतु विक चोकमा रहेको सेतु विकको शालिकमाथि तोडफोड गरेका छन् । तोडफोड गर्ने केहीलाई प्रहरीले हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
सो घट्नापछि नेपालगञ्जको विपी चोक, गणेशमान चोक र पुष्पलाल चोकमा राखिएका शालिकको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । यो समाचार तयार पारुन्जेलसम्म धम्बोझी चोकको अवस्था तनावपुर्ण रहेपनि नियन्त्रणमा रहेको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *