१५ चैत्र २०८०, बिहीबार

राप्तीसोनारीमा फेरी बाघको आक्रमण, बाघको पञ्जाबाट जोगिएका युवक गम्भरि घाइते

राप्तीसोनारीमा फेरी बाघको आक्रमण, बाघको पञ्जाबाट जोगिएका युवक गम्भरि घाइते

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ८ गते । बाँकेमा आइतबार बाघले फेरी एक स्थानीयमाथि आक्रमण गरेको छ । आइतबार दिउँसो १२ बजेको आसपासमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका एक स्थानीय बासिन्दामाथि बाघले आक्रमण गरेर घाइते बनाएको हो ।
बाघसंगको दोहोरो लडाईमा राप्तिसोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका २८ बर्षिय वकिल गद्दीले जित हासिल गरी नयाँ जीवन पाएका छन ।
स्थानीय मन्डफवा सामुदायिक वन उपभोक्ता समुहको जंगलमा दिउँसो १२ बजेतिर घासदाउरा खोज्न गएका बेला बाघले एक्कासी आफूमाथि आक्रमण गरेको घाइते वकिलले बताउनुभयो ।
उहाँका अनुसार केही समयसम्म बाघसंग दोहोरो लडाई भयो । तत्पश्चात बाघले उहाँलाई भुइँमा पल्टायो र घाटीबाट रगत चुस्न थाल्यो । उहाँ बेहोस हुनुभयो । घासदाउरा गर्न सङ्सङै गएका अन्य साथिहरुले होहल्ला गरेपछि बाघ त्यहाँबाट भागेको गद्दीले बताउनुभयो ।
बाघले उहाँको घाटीको अगाडी र पछाडी दुबैतिर प्वाल पारेको छ । स्थानीयको सहयोगमा अहिले उहाँको भेरी अस्पताल नेपालगञ्जको आकस्मिक कक्षमा उपचार भईरहेको छ । अस्पताल पुगेपछि मात्र उहाँको होस खुलेको भेरी अस्पतालले जनाएको छ । (गोरखापत्र अनलाइनबाट साभार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *