१३ बैशाख २०८१, बिहीबार

राप्रपाको आमसभा आइतवार त्रिभुवन चोकमा हुने, सबै तयारी पुरा

राप्रपाको आमसभा आइतवार त्रिभुवन चोकमा हुने, सबै तयारी पुरा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २८ । राष्टिय प्रजातन्त्र पार्टीको आमसभा आइतवार नेपालगञ्जको त्रिभुवन चोकमा हुने भएको छ । शनिवार सुर्खेतमा आमसभा गरेको राप्रपाले आइतवार नेपालगञ्जमा सभा गर्ने जनाएको छ ।
राजेन्द्र लिंगदेल अध्यक्षमा निर्वाचित भएपछि राप्रपाले पार्टीको निति, भावि दिसा र लक्ष्य उदेश्य जनतालाई प्रष्ट पार्न तथा जनमत बढाउने उदेश्यले देशका विभिन्न सहरहरुमा आमसभाको आयोजना गरिरहेको छ ।
सोही क्रममा नेपालगञ्जमा आमसभा गर्न लागिएको र सो आमसभाको सबै तयारी पुरा गरिएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले बताउनुभयो ।
उहाँले स्थानीय त्रिभुवन चोकमा आयोजना गरिने सभामा ठुलो संख्यामा जनाको उपस्थिति हुने समेत बताउनुभयो । सो सभालाई अध्यक्ष लिंगदेलका साथै उपाध्यक्ष विक्रम पाण्डे, महासचिव डा. धवल शमसेर राणा, महामन्त्री कुन्ति शाही, वरिष्ठ नेताहरु फत्तेहसिंह थारु र प्रेम बहादुर भण्डारी, प्रवक्ता ज्ञानेन्द्र शाही र केन्द्रिय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *