८ बैशाख २०८१, शनिबार

राष्टिय भुमि आयोग बाँकेका अध्यक्ष यादवद्धारा पदभार ग्रहण

राष्टिय भुमि आयोग बाँकेका अध्यक्ष यादवद्धारा पदभार ग्रहण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २२ । भुमि सम्बन्धी समस्या समाधान आयोग बांँकेको अध्यक्षमा नियुक्त हुनु भएका श्रवण कुमार यादवले मंगलवार पदभार ग्रहण गर्नुभएको छ । नेपालगञ्जस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको भुमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालयमा पदभार ग्रहण गर्दै अध्यक्ष यादवले आफुले पाएको जिम्मेवारीलाई इमान्दारीपुर्वक पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले बाँकेमा भूमि सम्बनिध समस्या जटिल रहेको बताउँदै भूमिहीनका समस्या समाधानमा विशेष कार्य गरिने र त्यसका लागि सबै दल र जनताको समेत सहयोग आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा अध्यक्ष यादवलाई शुभकमना दिंदै पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले भूमिहिन र सुकुम्वासीका समस्या समाधानको जिम्मेपारी पाएको आयोगले समस्यालाई सधैंका लागि समाधान गरोस भन्ने शुभकामना दिंदै सफल कार्यकालको पनि शुभकामना दिनुभयो ।

उहाँले आयोगले परिणाममुखी काम गरेर देखाउनु पर्नेमा जोड दिंदै त्यसका लागि सबैको सहयोग लिएर सकेसम्म सबैलाई समेटेर कार्य सम्पादन गर्न सुझाव दिनुभयो ।
सो अवसरमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव, जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राई र सचिव राजेन्द्र विश्वकर्मा लगायतले पनि आयोगका अध्यक्ष यादवलाई शुभकामना तथा बधाई दिनुभएको थियो ।
सो अवसरमा जिल्ला प्रशासन कर्यालयका प्रशासकीय अधिकृत, भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख, नापी कार्यालयका प्रमुख, डिभिजन वन कार्यालय बाँकेका प्रतिनिधि लगायतको पनि उपस्थिति रहेको थियो । आयोगका सदस्यहरुले केही दिनपछि पदभार ग्रहण गर्ने बताईएको छ । जनता समाजवादी पार्टी नोपलगञ्ज नगर समितिका अध्यक्ष रहनु भएका यादवलाई केही दिन अघि मात्रै सरकारले राष्टिय भुमि आयोग बाँकेको अध्यक्षमा नियुक्त गरेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *