८ बैशाख २०८१, शनिबार

रियल जुसको बट्टामा भरेर भारतबाट नेपालतर्फ कोरेक्स तस्करी

रियल जुसको बट्टामा भरेर भारतबाट नेपालतर्फ कोरेक्स तस्करी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २६ कात्तिक । लागु औषधका दुव्र्यसनीले ठुलो मात्रामा प्रयोग गर्न थालेपछि नेपालमा प्रतिबन्ध लगाईएको कोरेक्स भारतबाट भित्रयाउन लागु औषधका कारोबारीले नयाँ नयाँ तरिका अपनाइरहेको पाईएको छ ।
भारतबाट कोरेक्स ल्याउन प्रहरीले रोक लगाएपछि लागु औषधका कारोबारीहरुले रियल जुसको बट्टामा खन्याएर कोरेक्स ल्याउने गरेको फेला परेको छ ।
रियल जुसको बट्टामा २ लिटर कोरेक्स लिएर नेपाल आउँदै गरेका एकजनालाई नेपाल भारत नाकास्थित जमुनाहा प्रहरीले पक्राउ परेपछि लागु औषध कारोबारको नयाँ शैली पत्ता लागेको हो ।
सुर्खेतका बबिन शाहीललाई भारतको रुपैडियाबाट नेपालगञ्ज ल्याउँदै गरेको रियल जुसमा भरिएको २ लिटर कोरेक्स र १५ टेबलेट नाइट्रोभेट सहित नाकाको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जुसको बट्टामा कोरेक्स लिएर भारतको रुपैडियाबाट नेपालगञ्ज आउँदै गर्दा उनलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५, जमुनाहा नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार यातायात व्यवसायी समितिमा कार्यरत सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का ३० वर्षीय शाही लागु औषधी कोरेक्स र नाइट्रोभेट ट्याब्लेट लिन बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहा पुगेका थिए ।
उनले रियल जुसको बट्टाभित्र खन्याइएको २ लिटर कोरेक्स सहित नाईट्रोभेट र प्रहरीलाई शँका नहोस् भन्दै ५ केजी चिनी पनि साथमा लिएर नेपालगञ्ज आउँदै थिए ।
रुपैडिहाबाट शाही हिड्दै नाका पार गरेका थिए । उनले एक हातमा ५ किलो चिनी र अर्को हातमा जुसको बट्टा बोकेर पैदल नेपालगञ्ज आउँदै गर्दा प्रहरीले शंका लागेर जाँच गर्दा जुसको बट्टाभित्र कोरेक्स फेला परेको जमुनाहा प्रहरीका प्रमुख सई मिन बहादुर विष्टले बताउनुभयो ।
उहाँले लागु औषध ओसार पसार गर्नेहरुले दिनदिनै नयाँ नयाँ तरिका प्रयोग गर्ने गरकोले पनि पक्राउ गर्न समस्या हुने गरेको बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *