१३ बैशाख २०८१, बिहीबार

रुपैडिहाबाट चोरबाटो भएर ल्याउँदै गरेको ३ सय ट्याबलेट लागु औषधसहित एकजना पक्राउ

रुपैडिहाबाट चोरबाटो भएर ल्याउँदै गरेको ३ सय ट्याबलेट लागु औषधसहित एकजना पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ६ । यहाँस्थित सीमा पारी रुपैडिहाबाट चोरबाटोको प्रयोग गरेर नेपालतर्फ ल्याउँदै गरेको लागु औषध नाइट्रोभेटका तीन सय टयाब्लेट सहित एकजनालाई जमुनाह प्रहरीले पक्राउ गरेको छ ।
मंगलवार अपरान्ह तीन बजेर २५ मिनेटको समयमा जमुनाह गाउँको चोरबाटो प्रयोग गरेर दार्चुला शैलेशिखर नगरपालिका ९ का १९ वर्षिय नरेन्द्र विष्टले नेपालतर्फ ल्याउँदै गरेको नाइट्रोभेटका २० फाइलमा रहेको तीन सय टयाब्लेट सहित विष्टलाई जमुनाह प्रहरीले पक्राउ गरेको छ ।
जमुनाह प्रहरीले दिएको जानकारी अनुसार विष्टलाई नाकामा रहेको जमुनाह प्रहरी कार्यालय भन्दा एक किलोमिटर पुर्वबाट पक्राउ गरेको छ ।
सीमापारीबाट दैनिकजसो लागु औषध ब्राउन सुगर र विभिन्न नशा भएका ट्याबलेटहरु भित्रिने गरेकोले नाकामा निगरानी बढाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *