१५ चैत्र २०८०, बिहीबार

लखनउमा जोखिमपुर्ण अवस्थामा रहेका दुई नेपाली बालकको उद्धार गरेर ल्याईयो

लखनउमा जोखिमपुर्ण अवस्थामा रहेका दुई नेपाली बालकको उद्धार गरेर ल्याईयो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १९ । भारतको लखनउ शहरमा जोखिमपुर्ण बालश्रममा लागेका दुई जना नेपाली बालश्रमिकहरुलाई उद्दार गरी नेपालगन्ज ल्याइएको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहको समन्वयमा श्री एन्जल्स जयसपुर बाँके र दिहात संस्था रुपईडिहा भारतको सक्रियतामा गढीमाइ नगरपालिका ७ रौतहट घर भएका १७ बर्षीय बालक इब्रान शेख र अवलसिङ सुर्खेतका १६ बर्षीय बिकास थापालाई उद्दार गरेको जिल्ला प्रहरी बाँके प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
इलाका प्रहरी जमुनाहको समन्वयमा श्री एन्जल्स जयसपुर बाँकेका फारुकद्दिन अन्सारीको पहलमा दिहात संस्था रुपईडिहको सहकार्यमा समाजसेवी अन्सारीले लखनऊ गएर दुबै बालश्रमिक बालकहरुलाई नेपालगन्ज ल्याएको एसपी अधिकारीले बताउनुभयो।
उद्दार गरी इलाका प्रहरी जमुनाह नेपालगन्ज ल्याइएका दुबै बालकहरुलाई पुनर्स्थापनाका लागि नेपालगन्जमा रहेको सिविन नेपाल बाँकेको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
उद्दार गरिएका दुबै बालकहरु लामो समयदेखि भारतको लखनऊमा बालश्रमिकको रुपमा कार्य गर्दै आएका थिए । सुर्खेत घर भएका थापा बिगत सात बर्षदेखि लखनऊमा बालश्रमिकको रुपमा बस्दै आएका थिए। गत महिनापनि केही बालकको भारतबाट प्रहरीले विभिन्न संस्थाको सहयोगमा उद्धार गरेर नेपाल ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *