१३ बैशाख २०८१, बिहीबार

लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संगठनको तीज मिलन कार्यक्रम सम्पन्न

लर्ड बुद्ध एजुकेशनल एकेडेमी कर्मचारी संगठनको तीज मिलन कार्यक्रम सम्पन्न

समाचारदाता
नेपालगन्ज, भदौ ११ । रातदिन बिरामीको सेवामा जुट्ने चिकित्सक तथा कर्मचारीहरु कोभिड महामारी सुरु भए पश्चात् रमाइलो गर्न नपाएका बेलामा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि कर्मचारी संगठनको आयोजनामा भएको तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा नाचगान र खानपिन गरी रमाएका छन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि कर्मचारी संगठनका सभापति रत्ना गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि का सिइओ कार्यकारी प्रमुख अधिकृत डा सुनिल कुमार सिंह, बिशिस्ट अतिथिमा कोहलपुर मेडिकल कलेजका अस्पताल निर्देशक डा रेशम बहादुर राना, अतिथिहरुमा कोहलपुर हस्पिटलका उप निर्देशक डा दिनेश श्रेष्ठ, विभिन्न फ्याकल्टीका प्रमुखहरु, चिकित्सकहरु, अस्पताल मेट्रोन ललिता शर्मा, नेपालगन्ज अस्पताल मेट्रोन ममता शर्मा, संगठनका सल्लाहकार संयोजक अब्दुल हुसेन खान, निर्वतमान सभापति कुश्माखर बश्याल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनीर खान, सचिव अनिता थापा लगायतको उपस्थिति रहेको थियोे ।

कार्यकारी प्रमुख अधिकृत सिंहले वर्षदिनको महिला दिदीबहिनीहरुको चाडपर्वमा रातदिन अरुको सेवामा जुट्ने चिकित्सक तथा कर्मचारीहरु वर्षमा एकदिन रमाइलो गर्नुपर्नेमा जोड दिनु भएको थियोे । संगठनका महासचिव केपी घिमिरेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संगठनकी बरिष्ठ उपसभापति सुमन गिरीले र शुभकामना मन्तव्य मेट्रोन ललिता शर्मा र कार्यकारी प्रमुख अधिकृत श्रेष्ठले दिनु भएको थियोे ।
कोभिड महामारीको समयमा गर्न नसकिए पनि २०६१ सालमा स्थापना भएको संगठनले हरेक वर्ष तीज मिलन कार्यक्रम गरेकोमा यो वर्ष पनि गरिएको कर्मचारी संगठनकी सभापति रत्ना गिरीले बताउनुभयो । उहाँले कार्यक्रममा उपस्थिति सबैलाई धन्यवाद दिदै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुनेलाई पनि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *