११ बैशाख २०८१, मंगलवार

लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरामै स्थापना गर्ने प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरामै स्थापना गर्ने प्रदेश सरकारको निर्णय

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत २१ । बाँकेको खजुराबाट लुम्बिनी प्रदेश विश्वविद्यालय अन्त्य सार्न लाागिएको भन्दै बाँकेमा कडा विरोध गरिएपछि प्रदेश सरकारले सो विश्वविद्यालय बाँकेको खजुरामा नै स्थापना हुने निर्णय फेरी गरेको छ । प्रदेश सरकार अन्तर्गत उच्च शिक्षा परिषद्को सोमवार बसेको बैठकले बाँकेको खजुरामा नै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
परिषदका अध्यक्ष तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक बर्ष २०७८ र ७९ को नीति तथा कार्यक्रममा प्रदेश विश्वविद्यालय बाँके जिल्लाको खजुरामा स्थापना गर्ने निर्णयलाई निरन्तरता दिँदै सो प्रयोजनका लागि विनियोजित पाँच करोड बजेट कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ ।
बैठकले विश्वविद्यालयको स्थापना र सञ्चालन गर्ने गरी विश्वविद्यालय ऐन,२०७८ को दफा १३ बमोजिम र विश्वविद्यालय नियमावली, २०७८ को नियम ३ को उपनियम १ को अनुसूची–२ बमोजिमको ढाँचामा विश्वविद्यालयको विधान तयारी गर्न शिक्षा, विज्ञान, युवा तथा खेलकूद मन्त्रालयलाई निर्देशन दिने समेत निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिनुभयो । विश्वविद्यालयका लागि बाँके जिल्लाको खजुरामा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन मन्त्रालयलाई निर्देशन दिने पनि बैठकले निर्णय गरेको सल्लाहकार विश्वकर्माले बताउनुभयो ।
उहाँका अनुसार विश्वविद्यालय ऐन, २०७८ को दफा ९ को उपदफा ९८० बमोजिम प्रदेश सरकार आफैले विश्वविद्यालय स्थापना गर्न चाहेमा विश्वविद्यालय ऐन बमोजिम प्रक्रिया र पूर्वाधार पुरा गर्ने गरी विश्वविद्यालय स्थापना गर्न सक्ने प्रावधान रहेको उल्लेख गर्दै विश्वविद्यालय स्थापना र सञ्चालनका लागि विश्वविद्यालय ऐन, २०७८ र विश्वविद्यालय नियमावली, २०७८ बमोजिमको प्रक्रिया, आवश्यक न्यूनतम मापदण्ड तथा पूर्वाधार प्रदेश सरकारले पुरा गर्ने सुनिश्चतताका लागि प्रदेश सरकारमा अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ ।
बैठकमा प्रदेश सरकारका शिक्षा तथा विज्ञान प्रविधि मन्त्री वसीउद्दिन खाँ, आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सहित सम्बन्धित मन्त्रालयका सचिवहरुको उपस्थिती रहेको थियो ।
केही दिन अघि प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले विश्वविद्यालय अन्यत्र सार्न लागिएको अभिव्यक्ति दिएपछि बाँकेको त्यसको चौतर्फी विरोध हुनुका साथै संघर्ष समिति समेत बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

1 Comment

  • Padam Bista

    Aishwarya University
    lumbini provinces
    former king and himani trust huge support financial as well as technology .

Leave a Reply to Padam Bista Cancel reply

Your email address will not be published. Required fields are marked *