११ बैशाख २०८१, मंगलवार

वरिष्ठ पत्रकार सिराज खानलाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान

वरिष्ठ पत्रकार सिराज खानलाई पर्यटन प्रवर्धन पुरस्कार प्रदान

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ २७  । पर्यटनको प्रवर्धन र विकासका लागि निरन्तर कलम चलाएको भन्दै वरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका नेपालगञ्ज समाचारदाता सिराज खानलाई पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित गरिएको छ ।
पाँच हजार रुपियाँ नगद राशी सहितको सो पुरस्कार होटल व्यवसायी संघको शुक्रवार नेपालगञ्जमा भएको १८ औं साधारणसभा र १० औं जिल्ला अधिवेसनको उदघाटन समारोहमा प्रदान गरिएको हो ।
होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष हिराध्वज शाह, लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले र होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कँडेलले संयुक्त रुपमा सो पुरस्कार र कदरपत्र पत्रकार खानलाई प्रदान गर्नुभयो ।

यसैगरि पर्यटन पर्वधन पुरस्कार २०७७ बाट सम्मानित हुने अन्य पत्रकारहरुमा कान्तिपुर दैनिकका नेपालगञ्ज संवाददाता रुपा गहतराज, जी नेपाल टीभिका प्रबन्ध निर्देशक आषिस गुप्ता र महिला पत्रकार रुपनी जिएम समेत रहनु भएको छ ।
सो कार्यक्रममा सफल व्यवसाय गर्ने विभिन्न होटल व्यवसायी र अधिवेसनमा सहयोग गर्ने विभिन्न व्यवसायीक प्रतिष्ठानहरुलाई पनि सम्मानित गरिएको थियो ।
उक्त अधिवेसन र साधारणसभामा बोल्ने अधिकांश वक्ताले कोभिड महामारीका कारण दुई वर्षदेखि होटल व्यवसाय सबैभन्दा बढी मारमा परेकोले सो व्यवसायलाई पुनः माथि उकास्न सरकारले विशिष राहात कार्यक्रम ल्याउनु पर्ने माग गरेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *