८ बैशाख २०८१, शनिबार

विकासको काममा प्रतिष्पर्धा गर्न मन्त्री राईद्धारा प्रतिष्पर्धीलाई चुनौती, गृहनगरमा भव्य स्वागत सम्मान

विकासको काममा प्रतिष्पर्धा गर्न मन्त्री राईद्धारा प्रतिष्पर्धीलाई चुनौती, गृहनगरमा भव्य स्वागत सम्मान

सिराज खान
नेपालगञ्ज, असार २५ । तेस्रो पटक संघीय सरकारको मन्त्रीमा नियुक्त हुनु भएका बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईलाई शनिवार नेपालगञ्ज विमानस्थलमा भव्य स्वागत गरियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएपछि बकराईद मनाउन पहिलो पटक गृहनगर नेपालगञ्ज पुग्नु भएका मन्त्री राईलाई जनता समाजवादी पार्टीका सयौं नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
नेता कार्यकर्तासहित नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष सैयद ईश्तियाक अहमद शाह, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी, राष्टिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरीका डीएसपी, नेपालगञ्ज विमानस्थलका प्रमुख लगायतले पनि विमानस्थलमा मन्त्रीको स्वागत गर्नुभयो । केही भारतीय नेताहरु पनि स्वागतका लागि विमानस्थल पुग्नु भएको थियो ।
राईको स्वागतका लागि सयौं कार्यकर्ताहरु मोटरसाइकल र्यालीसहित विमानस्थल पुगेका थिए भने उहाँलाई लिएर जुलुससहित फर्किएका थिए ।
मन्त्री राईको स्वागतका लागि ठुलो संख्यामा सर्वसाधारण विमानस्थलमा पुगेपछि सुरक्षा व्यवस्था मिलाउन सुरक्षाकर्मीलाई हम्मे हम्मे भएको थियो ।


वडा नम्बर २० मा स्वागत कार्यक्रम
मन्त्री राई गृहनगर नेपालगञ्जमा पुगे लगत्तै उहाँलाई वडा नम्बर २० को वडा कार्यालयमा लगेर भव्य स्वागत गरिएको थियो । सो अवसरमा वडा अध्यक्ष कौशल कुमार धोबी लगायत वडा सदस्य र वडावासीले मन्त्रीलाई बधाई दिंदै स्वागत सम्मान गरेका थिए ।
उक्त अवसरमा बोल्दै मन्त्री राईले विकासको काममा प्रतिष्पर्धा गरेर राजनिति गर्न प्रतिपष्र्धीहरुलाई चुनौती दिनुभयो । उहाँले २५० वर्षको डेट एक्सपायर ऐजेण्डा बोकेका केही दल र उनका नेताले जनतालाई एक अर्कासंग भिडाएर, सामाजिक सदभाव खल्वल्याएर, धार्मिक सदभाव विगार्ने प्रयास गरेर राजनिति गर्न खोजेको जनाउँदै शिक्षाको एजेण्डा, स्वास्थ्यमा क्रान्तिको एजेण्डा, बेरोजगारीको एजेण्डा र विकासको एजेण्डामा आएर राजनिति गर्न चुनौती दिनुभयो ।
डेट एक्सपाएर भएर काम नलाग्ने अवस्थामा पुगेका दलमा बसेर पनि आफुलाई स्वतन्त्र देखाएर जनतालाई झुक्याउन खोज्नेहरुसंग सावधान रहन उहाँले जिल्लावासीलाई आग्रह गर्नुभयो ।
उहाँले आफु सानो समयका लागि यस पटक मन्त्री भएपनि जनताले सधैं याद राख्ने गरि विकास निर्माणका काम गरेर जाने दावी गर्नुभयो । मन्त्री राईले विकास निर्माणमा बाँके क्षेत्र नम्बर २ र जिल्लालाई नमुना बनाएर देखाउने प्रतिवद्धता पनि दोहोर्याउनुभयो ।
वर्तमान गठबन्धन आगामी निर्वाचन र त्यसपछि पनि निरन्तर रहने जनाउँदै उहाँले संघियता र संविधानलाई सखाप पार्ने सपना हेर्नेहरु कुनै पनि हालतमा सफल नहुने बताउनुभयो ।
मन्त्रीद्धारा पैदल घुमेर जनतासंग भेटघाट
आफ्नो निवास पुगे लगत्तै मन्त्री राई सबैभन्दा पहिले आफ्ना सक्रिय कार्यकर्ता गुड्डु सिद्दिकीको वडा नम्बर ८ स्थित निवासमा पुग्नुभयो । सिद्दिकीका पिता हविव सिद्दिकीको हालैमात्र निधन भएकोले मन्त्री राईले सिद्दिकीको निवासमा पुगेर समवेदना प्रकट गर्दै परिवारका सदस्यहरुलाई सान्त्वना दिनुभयो ।
त्यसपछि मन्त्री राईले पैदल सदरलाइन र त्रिभुवन चोक क्षेत्रमा डुलेर जनताको घर घरमा पुगेर सर्वसाधारणसंग भेटेर हालखबर सोध्नुभयो । सो क्रममा उहाँले त्रिभुवन चोकमा स्थानीयसंग बसेर चिया पिउँदै भेटघाट गर्नुभएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3

Leave a Reply

Your email address will not be published. Required fields are marked *