१६ चैत्र २०८०, शुक्रबार

विभिन्न राहात पाएर धेरै सहज भयो– बर्दियाका बाढीपिडित र जनप्रतिनिधि

विभिन्न राहात पाएर धेरै सहज भयो– बर्दियाका बाढीपिडित र जनप्रतिनिधि

युनेस्कोद्धारा राजापुर र गेरुवाका ८६५ बाढीपिडित परिवारलाई ४५ लाखको राहात वितरण
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २३ । कात्तिकको पहिलो सातामा आएको बाढीले गर्दा अति प्रभावित बर्दियाको राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका पिडित परिवारले राहात सहयोग पाएपछि त्यसबाट निकै राहात मिलेको प्रभावित वडाका पिडित र जनप्रतिनिधिले बताएका छन् ।
गेरुवा वडा नम्बर ३ का वडा अध्यक्ष पुनाराम थारुले क्लबले गरेको राहात वितरणबाट अतिनै पिडित भएका महिला तथा बालबालिकालाई ठुलो सहयोग मिलेको बताउनुभयो ।
पोषणयुक्त खाद्यान्न, अन्य खाद्यान्न तथा विउ वितरणले पिडितलाई धेरै सहयोग पुगेको उहाँले बताउनुभयो ।


यसैगरि राजापुर १ का वडा अध्यक्ष खुशीराम थारुले पनि बेमौसमी बाढीबाट पिडित भएकालाई तत्काल राहात दिने काम क्लबले गरेकोमा त्यसबाट आफ्नो वडाका पिडितलाई धेरै सहज भएको बताउनुभयो ।
उहाँले तत्काल मिलेको यो सहयोगले जनजिवनलाई लयमा फर्काउन ठुलो मद्दत गरेको वडा अध्यक्ष थारुले बताउनुभयो ।
राहात पाएपछि धेरै आफुहरुलाई धेरै सहज भएको पिडितहरुले पनि बताएका छन् । गेरुवा ३ संकटी सुकुम्वासी बस्तीका हिरा थारुले क्लबले दिएको सहयोगबाट आफुहरुलाई निकै राहात मिलेको बताउनुभयो ।
उहाँले सो सहयोग नपाएको भए जनजिवन सामान्य बनाउन निकै समस्या पर्ने पनि बताउनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031


यस्तै सोही बस्तीका अर्का पिडित जमुना थारुले क्लबले दिएको खाद्यान्न र पोषणयुक्त खानेकुराले बालबालिकालाई खुवाउन धेरै सहयोग मिलेको बताउनुभयो । सो बस्तीमा अधिकांशका घरहरु पुर्ण रुपमा डुबेकोले क्लबले शौचालय र धाराको समेत मर्मत गराएर राम्रो काम गरेको स्थानीय पिडितहरुको भनाई छ ।
बाँके युनेस्को क्लबले राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका ८६५ पिडित परिवारलाई विभिन्न राहात वितरण गरेको छ ।
स्टार्ट नेटवर्कको सहयोग र प्लान नेपालको सहकार्यमा क्लबले सञ्चालन गरेको आपतकालिन बाढी प्रतिकार्य परियोजना अन्तर्गत राजापुर नगरपालिका १ र गेरुवा गाउँपालिकाको २ र ३ नम्बर वडाका ८६५ अतिप्रभावित परिवारलाई करिब ४५ लाख रुपियाँको राहात वितरण गरिएको हो ।


बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीका अनुसार राजापुर १ का ५७२ प्रभावित परिवार र गेरुवा २ र ३ का २९३ परिवारलाई विभिन्न राहात वितरण गरिएको बताउनुभयो ।
क्लबले वितरण गरेको राहातमा हाइजिन किट, डिगनिटि किट, खाद्यान्न, पोषण सहयोग, कृषि विउ वितरण, शौचालय मर्मत सम्भार र खानेपानीका धाराहरुको मर्मत गरिएको संरक्षक सिद्दिकीले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *