७ बैशाख २०८१, शुक्रबार

शिक्षा र स्वास्थ्य सम्बन्धी नागरिक संवाद कार्यक्रम सम्पन्न

शिक्षा र स्वास्थ्य सम्बन्धी नागरिक संवाद कार्यक्रम सम्पन्न

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ३० । युथ टुडे मिडिया नेटवर्क प्रालिको आयोजनामा बिहिबार नेपालगंज उपमहानगरपालिका वडा नं ४ मा शिक्षा र स्वास्थ्यकोे अवस्था विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपालगंज उपमहानगरपालिका वडा नं ४ को आर्थिक सहयोगमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन नागरिक संवाद सहजीकरण कार्यक्रम आयोजना गरिएको थियो ।
वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले किशोरीहरुलाई लक्षित गरी संचालन गरिएको कन्या माविमा माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गराईएको बताउँदै शिक्षक र शिक्षण संस्थालाई श्रोत साधन सम्पन्न बनाउने र दरबन्दी अनुसारको शिक्षक व्यवस्था गर्ने काम वडाको पहलमा भईरहेको बताउनु भयो । उहाँले नागरिकहरुबाट आएको गुनासोलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
वडा अध्यक्ष बेहनाले बिपन्न तथा जेहनदार किशोरीहरुलाई आफनो व्यक्तिगत खर्चबाट पढाउने संवाद कार्यक्रममा प्रतिबद्धता गर्नु भएको थियो ।
नेपालगंज उपमहानगर पालिका वडा नं ४ कि सदस्य एंव कार्यपालिका सदस्य इन्दीरा शाहीले स्वास्थ्य सेवाको प्रगतिको अवस्था वडामा सन्तोषजनक भएको बताउँदै जनताको चाहना अनुसार आफूहरु काम गर्न सफल भएको बताउनु भएको थियो ।
स्थानीय टंक गहतराज, इश्वरी बस्याल, कन्या माबिमा अध्ययन गरी रहेकि किशोरी इमरन साई, सोही बिद्यालय कि किशोरी सादीया खान, शोभा थापा लगायतले पनि सो अवसरमा बोल्नु भएको थियो । नागरिक संवाद कार्यक्रम संचालन गर्नका लागि नेपालगंज उपमहानगरपालिका वडा नं ४ ले सहयोग गरेको भन्दै युथ टुडेका संचालक आलम खानले वडा अध्यक्ष बेहना, सदस्य इन्दीरा शाही, जयपत्रा कोरी, मेनुका बैद्य, बरिष्ठ अधिकृत राजन केसी,वडा सचिव राज कुमार कार्की, लेखा अधिकृत हिरा सिहं डाँगी लगायतलाई सम्मान गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *