१५ चैत्र २०८०, बिहीबार

शुक्रवार पनि राप्तीसोनारीमा बाघको आक्रमण, बमबहादुर जोगिए तर बाख्रा बाघले खायो

शुक्रवार पनि राप्तीसोनारीमा बाघको आक्रमण, बमबहादुर जोगिए तर बाख्रा बाघले खायो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २३ । विहिबार मात्रै एक जना महिलाको ज्यान लिएको पाटे बाघले शुक्रवार पनि बाँके राप्तीसोनारी–५ का बमबहादुर पुन माथि आक्रमण गरेको छ । जंगलमा बाख्रा चराउन गएका पुनलाई शुक्रबार पाटेबाघले आक्रमण गरेपछि उनि जोगिन सफल भएका छन् तर उनको एक बाख्रा बाघले खाएको छ भने तीन वटा बाख्रा हराई रहेका छन् । तीन वटा बाख्रालाई बाघले घाइते पनि बनाएको पुनले बताउनुभयो ।
स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र बाख्रा चराउन गएको बेला झाडीमा लुकेर बसेको बाघले पुन र उहाँका बाख्रामाथि आक्रमण गरेको थियो ।
‘बाख्रा चराइरहेको अवस्थामा बाघले एक्कासी झम्टियो, मैले उसलाई छलेर लुके, बाघको आक्रमणबाट म जोगिए, तर बाख्रालाई बचाउन सकिएन,’ पुनले भन्नुभयो । शुक्रबार दिउँसो करिव ३ बजेतिर बाघले आफुलाई झम्टिने प्रयास गरेपनि बाँच्न सफल भएको उहाँले बताउनुभयो ।
बाघले पुनको एउटा बाख्रालाई मारेको छ भने तीन वटा बाख्रालाई घाइते बनाएको र तीन वटा बाख्रो फेला नपरेको ईलाका प्रहरी कार्यालय बैजापुर धामपुरका इन्चार्ज एवम् प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले बताउनुभयो ।
यसैविच बाघले दिनहुँ आतंक मच्चाउन थालेपछि शुक्रवार बेलुकी बाँके निकुञ्जले बैजापुरमा बाघ धपाउन दुई वटा हात्ती पठाएको छ । त्यहाँ केही दिनसम्म हात्तीलाई राखेर बाघको निगरानी बढाउने बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ।
बाघले आक्रमण गर्दा बिहीबार मात्र राप्ती सोनारी ४ पर्सोना की ५३ वर्षीया लिला बिष्टको मृत्यु भएको थियो । यसअघि बुधबार जंगलमा पात टिप्न गएको अवस्थामा राप्ती सोनारी ४ बैजापुरकै ३० वर्षकी दुर्गा थारुलाई पनि आक्रमण गरेको थियो । तर, प्रतिकार गरेर उहाँ बाँच्न सफल हुनु भएको थियो ।
बाँकेमा तीन महिनाको अवधिमा बाघको आक्रमणबाट राप्तीसोनारी र छिमेकी पालिका नरैनापुरमा तीन जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *