१६ चैत्र २०८०, शुक्रबार

सबैलाई प्रतिनिधित्व गर्ने एक्लो साझा उम्मेदवार म मात्र हुँ–नन्दलाल वैश्य

सबैलाई प्रतिनिधित्व गर्ने एक्लो साझा उम्मेदवार म मात्र हुँ–नन्दलाल वैश्य

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालगन्जको मेयरमा उम्मेदवारी दिनु भएका व्यापारी नेता नन्दलाल बैश्यले आफु मात्रै एक्लो सबैको साझा उम्मेदवार भएको दावी गर्दै सबैको सहयोग र समर्थन पाउने बताउनु भएको छ । उहाँले सोही कारणले आफ्नो जीत सुनिश्चित भएको पनि प्रष्ट पार्नुभयो।
नेपालगञ्जपाटी डटकमसंग विशेष कुरागर्दै मेयरका उम्मेदवार वैश्यले आफु समाजको हर तह र तप्कासंग प्रत्यक्ष जोडिएकोले उपमहानगरका हरेक साना ठुला व्यवसायीदेखि लिएर अन्य नागरिकको समर्थन र सहयोग मिलिरहेको बताउनुभयो ।
निर्वाचनमा उम्मेदवार नभएको बेला पनि आफु जनताको घर घरमा पुगेर हालखबर लिने तथा सुखदुख बाँड्ने गर्दै आएको र हिन्दु, मुस्लिम, सिख र ईसायृ सबै धर्मको चाडपर्व लगायत अन्य सामाजिक कार्यमा पनि निरन्तर खटिने गरेकोले हरेकले आफ्नो मानिस भन्ने गरेको बताउनुभयो । निर्वाचनका लागि सहरदेखि गाउँ गाउँसम्म प्रचारमा हिड्दा जनताले दिएको स्वागत र मायाले आफु भावुक बनेको समेत वैशयले बताउनुभयो ।


उहाँले माओवादी केन्द्रले नेपालगञ्जका बहुसख्यक नेता कार्यकर्ताको भावना र मर्म विपरित काम गरेका कारण आफूले राप्रपा रोजेको भन्दै चुनावमा आफूलाई दुवै पक्षको साथ रहेको दावी गर्नुभयो । स्थानीय तहमा पुगेपछि कसरी नेपालगञ्जको विकास निर्माण गर्न सकिन्छ त्यसको सही मार्गचित्र आफुसंग मात्रै रहेको दावी पनि उहाँले गर्नुभयो ।
नेपालगन्जमा माओवादी केन्द्रले मेयर नपाएपछि मेयरको टिकट सुनिश्चित गरेर वैश्य राप्रपामा प्रवेश गर्नु भएको थियो । उहाँ सहित राप्रपाबाट उपमेयरमा विन्दु चर्तीमगरले उम्मेदवारी दर्ता गराईसक्नु भएको छ ।
मेयरमा उम्मेदवारी दिनु भएका बैश्य लामो समयदेखि माओवादी केन्द्रमा सक्रिय हुनुहुन्थ्यो । व्यवसायिक पृष्ठभूमिका उहाँ स्थानीय स्तरमा जनता माझ निकै लोकप्रिय हुनुहुन्छ । सहज र सरल स्वभावका कारण पनि उहाँलाई जनताले रुचाउँछन् ।
आफूले माओवादी केन्द्र परित्याग गरेपनि माओवादी भित्रका अधिकांश साथीहरु आफ्नो पक्षमा रहेको उहाँको भनाइ छ । सबैको साथ र सहयोगले आफु विजयी हुने कुरामा ढुक्क रहेको वैशयले बताउनुभयो ।
वैश्यले अहिले रातदिन जनताको घरघरमा पुगेर आफ्नो र पार्टीको पक्षमा मत मागिरहनु भएको छ । उहाँले नेपालगञ्ज सहरको अवस्था ठिकै रहेपनि पछि थपिएका गाउँका वडाहरुको अवस्था निकै दयनीय रहेको आफुले प्रचारको क्रममा जाँदा पाएको बताउनुभयो । ती क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता हुने पनि उहाँले बताउनुभयो ।
बैश्य लामो समयदेखि सामाजिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय हुनुहुनछ। नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बैश्यको आफ्नो समाज लगायत अन्य सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण योगदान रहेको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *