१५ चैत्र २०८०, बिहीबार

समयमै छारे रोगको उपचार गराउन वरिष्ठ न्युरो सर्जन डा.न्यौपानेको आग्रह

समयमै छारे रोगको उपचार गराउन वरिष्ठ न्युरो सर्जन डा.न्यौपानेको आग्रह

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन २ । अन्तर्राष्ट्रिय छारे रोग दिवसका अवसरमा सोमवार नेपालगञ्जमा छारे रोग सम्बन्धि साक्षात्कार कार्यक्रमको आयोजना गरिएको छ ।
सो कार्यक्रममा बोल्दै नेपालगञ्ज न्युरो ट्रमा एण्ड मल्टीस्पेसियालिटी सेन्टरका प्रमुख वरिष्ठ न्युरो सर्जन डा.जोशन न्यौपानेले समयमै उपचार गरे सबै छारे रोगहरु नियन्त्रण गर्न सकिने हुँदा सो तर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।
उहाँले २ देखि ३ बर्षसम्म औषधि सेवन गरेपछि सो रोग नियन्त्रण हुने र त्यसपछि विस्तारै औषधिको मात्रा घटाएर निको पार्न सकिने हुँदा रोग लुकाएर नबस्न सबैलाई आग्रह गर्नुभयो ।
५०औं पटकको जाँचमा पनि रोग नदेखिने जोखिम समेत हुने बताउँदै डा. न्यौपानेले सामान्य टोलाउनेदेखि बेहोस हुने अवस्थालाई छारे रोगको रुपमा बुझ्नुपर्ने जनाउनुभयो ।
टोलाउने, हात काँप्ने, बेहोस हुने सबै छारे रोगका प्रकारहरु हुन् । छारे रोग लागेपछि मानिस २ देखि ५ मिनेटसम्म बेहोस हुने चिकित्सकको भनाई छ ।

छारे रोग ठूलो जनस्वास्थ्य समस्याका रुपमा रहेकाले सबै मिलेर यसको नियन्त्रण र रोकथामका लागि गम्भीर बन्नुपर्ने डा.न्यौपानले बताउनुभयो ।
ब्रेन ट्युमर, दिमागमा दाग, मस्तिष्कघात, टाउकोमा चोटपटक र अस्वस्थकर खाना, त्यसमा पनि सलाद, सागसब्जी काँचै खाने, पानी राम्रोसंग नउमालेर खाने बानीले यो रोगको जोखिम बढाउने डा.न्यौपाने बताउँनुहुन्छ । टाउको वा दिमागमा चोटपटक लाग्न नदिन पनि विशेष होसियार बन्न उहाँको सुझाब छ ।
पछिल्लो समय दिमागमा नाम्ले किराको फुल एकदमै धरै भएको समस्या आफूले चेकजाँचका क्रममा पाएको बताउँदै उहाँले काँचै खाने चिजहरुको खानपानमा विशेष ध्यान दिन सुझाब दिनुभएको छ ।
छारे रोगले अट्याक गरेको बेला छुनु हुँदैन भन्ने मान्यता विल्कुल गलत भएको बताउँदै डा. न्यौपानेले यो सरुवा रोग नभएको स्पष्ट पार्नुभयो ।
औषधि सेवन गर्दा मानिसलाई केही सुस्त बनाउने भएपनि नियमित औषधि सेवनले रोग नियन्त्रण हुने भएकाले औषधि उपचार गर्न कञ्जुस्याइँ नगर्न चिकित्सकको भनाई छ ।
नेपालगञ्ज न्युरो ट्रमा एण्ड मल्टीस्पेसियालिटी सेन्टरका प्रमुख डा. न्यौपानले आफूसंग अहिले ५ सय भन्दा बढी विरामी नियमित फलो अपमा रहेको बताउनुभएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *