१२ बैशाख २०८१, बुधबार

सयपत्री र मखमली फूलको अभावले कृतिम मालाको माग अत्याधिक

सयपत्री र मखमली फूलको अभावले कृतिम मालाको माग अत्याधिक

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १९ कात्तिक । सयपत्री र मखमली फूलको अभाव भएपछि तिहारमा बाँकेको नेपालगञ्ज लगायतका शहरी क्षेत्रमा यतिबेला कृत्रिम फूलमालाको माग बढेको छ । प्राकेतिक फूल प्रयाप्त नपाईंदा कृतिम फूलका मालाले बजार पाएको व्यापारीले बताएका छन् ।
तिहारमा भाइटीका, घरदैलोको सजावट, पूजाआजालगायतका कामका लागि फूलको कारोबार बढी हुनेगर्छ । फूलमालाको माग बढेसँगै बाँकेका शहरी क्षेत्रका बजार यतिबेला रङ्गीबिरङ्गी कृत्रिम फूलमालाले झकिझकाउ बनेका छन् । महिला तथा किशोरकिरोरीलाई फूलको मालाको जोहो गर्न भ्याइनभ्याई छ ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई मखमली र सयपत्री फूलको माला लगाउने परम्परा छ । मखमली र सयपत्री फूल पर्याप्त मात्रमा नपाउँदा कृत्रिम फूल प्रयोग गर्नुपर्ने बाध्यता रहेको स्थानीय रोशनी शर्माले बताउनुभयो ।
कृत्रिम मालाको माग बढेसँगै यसको बिक्री पनि बढेको नेपालगञज बागेश्वरी मन्दिर नजिकका व्यापारी सुमित पटवाले बताउनुभयो । उहाँले प्राकृतिक फूल नआउँदा कृतिम मालाको माग र विक्रि ह्वात्तै बढेको बताउनुभयो ।
प्राकृतिक फूलको खोजीमा दुई घण्टा भौतारिएपनि नपाएको स्थानीय रमेश थापाले बताउनु भएको छ । बाध्य भएर कृतिम मालानै खरिद गरेको थापाको भनाई छ । कागज, कपडा र प्लाष्टिकबाट बनेका कृत्रिम माला धेरै समयसम्म टिक्ने, झट्ट हेर्दा आकर्षक पनि देखिने भएकाले पनि यस्ता मालाको प्रयोग बढेको सर्वसाधारणको भनाई छ ।
तिहारको समयमा फूलमालाको अत्यधिक माग हुने गर्दछ । अधिकांशले घरआँगनमा पर्याप्त फूल नरोप्ने र रोपे पनि उत्पादन राम्रो नहुँदा कृत्रिम फूलको प्रयोग गर्नुपर्ने बाध्यता पुरानौ नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *