१३ बैशाख २०८१, बिहीबार

सय दिनको कार्यप्रगति विवरण प्रस्तुत गर्ने नेपालगञ्जको पहिलो वडा बन्यो वडा नम्बर चार

सय दिनको कार्यप्रगति विवरण प्रस्तुत गर्ने नेपालगञ्जको पहिलो वडा बन्यो वडा नम्बर चार

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ २२ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष गोपाल पुनले जनताप्रति जवाफदेही भएको जनाउँदै आफु निर्वाचित भएको एक सय दिनको कार्य प्रगति विवरण सार्बजनिक गर्नु भएको छ। यसरी सय दिनको प्रगति विवरण सार्वजनिक गर्ने बाँके जिल्लामानै उहाँ पहिलो जनप्रतिनिधी पनि बन्नु भएको छ ।
आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर उहाँले आफु निर्वाचित भएर काम गर्न शुरु गरेको सय दिन पुरा भएको अवसरमा आफ्नो नेतृत्वमा गरिएको रचनात्मक कामलाई १६ बुँदामा लिपिबद्ध गरेर बुँदागत रुपमा सार्वजनिक गर्नुभयो ।
अध्यक्ष पुनद्धारा सार्वजनिक गरिएको उक्त कार्यविवरणमा विशेष गरेर शिक्षा, स्वास्थ्य, वृक्षारोपण, सरसफाई र विविध रहेका छन् । वडाअध्यक्ष पुनले आफ्नो नेतृत्वमा नेपालगन्ज ४ मा रहेको दुई वटा सामुदायिक बिद्यालय नेपालगन्ज कन्या मावि र अनाथालय गौसिया माध्यामिक बिद्यालयमा पाँच दिने बिद्यार्थी भर्ना विशेष अभियान सञ्चालन गरिएको, नेपालगन्ज कन्या माविमा यसवर्षदेखी कक्षा ११ कर्मस र शिक्षा संकायको पढाई सुरु गरिएको साथै सिलाई कटाई प्रशिक्षकको ब्यवस्था गरिएको बताउाुभयो।


वडाअध्यक्ष पुनले आफ्नो नेतृत्वमा ब्लड प्रेसर, सुगर र मुटु रोगीहरुको लागि बसपार्क क्षेत्रमा निःशुल्क औषधी सहितको एक दिने सचेतना मुलक कार्यक्रम संगै कान्ति आरोग्य अस्पतालसंगको सहकार्यमा १५ वर्ष मुनिका बालबालिकाहरुको लागि निशुल्क औषधी सहित १ दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको गरिएको, नेपालगञ्जको बसपार्क क्षेत्रमा डेंगु ज्वरोलाई निमुल पार्न र रोग फैलनबाट रोक्न एक दिने चेतना मुलक कार्यक्रमको आयोजना गरिएको, वडा भित्रको क्षेत्रलाई हराभरा बनाउनको लागि वडाकै आयोजनामा र जिल्ला वन कार्यालयको सहयोगमा हजार जना व्यक्तिलाई दुई हजार जति बिरुवा हस्तारण गरिएको पनि वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।
त्यसैगरी इन्जिनियरिंग एसोसियसन दिवसको उपलक्ष्यमा एसोसियसनकै सहकार्यमा नेपालगञ्ज बसपार्कमा बृक्षरोपण गरिएको पनि उक्त कार्यप्रगति विवरणमा बताईएको छ । वडालाई डुबानबाट जोगाउनका लागि ठूला तथा साना नालाहरुलाई सरसफाई गर्न विशेष पहल गरिएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।वडाध्यक्ष पुनद्धारा सार्वजनिक गरिएको उक्त कार्यप्रगति विवरणमा नेपालगञ्जको न्युरोड वरिपरि भईरहने उच्छृंखल र बिकृतिजन्य गतिबिधिहरुलाई निर्मुल पार्नका लागि वडा प्रहरी र टोल विकास समितिसंग समन्वय गरी विशेष गस्ति अभियान संचालन गरिएको कुरापनि उल्लेख गरिएको छ ।
सदभावको शहर भनेर चिनिएको शहर नेपालगञ्जको उक्त वडामा जनता बीचको सदभाव बढाउन विभिन्न चाडपर्व बकरा ईद, मोहरम, श्री कृष्ण जन्माष्टमी, गणेश चतुर्थी आदि जस्ता पर्वहरुमा वडाको आयोजनामा पानी र फलफुल वितरण गरिएको वडाध्यक्ष पुनले बताउनुभयो ।
उक्त वडामा प्रत्येक शनिबार सरसफाई कार्यक्रम गरिंदै आएको बताउँदै उक्त सरसफाई कार्यक्रममा २५ देखि ११० जना सम्मको समूहमा वडा बासीहरु स्वस्फुर्त रुपले सहभागी हुँदै वडाद्धारा आयोजित विभिन्न कार्यक्रमहरुमा श्रमदान गर्ने गरेको पनि सो अवसरमा जनाईएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *