११ बैशाख २०८१, मंगलवार

सल्यान दुर्घटनामा १२ को मृत्यु, ८ को सनाखत, चार जनालाई हेलिकोप्टरबाट कोहलपुर ल्याइयो

सल्यान दुर्घटनामा १२ को मृत्यु, ८ को सनाखत, चार जनालाई हेलिकोप्टरबाट कोहलपुर ल्याइयो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २१ कात्तिक । सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १० महिला र २ पुरुष छन् ।
सल्यान खलंगादेखि दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजे कपुरकोट गाउँपालिका ५ थारखोलामा दुर्घटना भएको थियो । बस सडकबाट २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु भएकामध्ये आठ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा सल्यान छत्रेश्चरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली, घोराही उपमहानगरपालिकाका ६५ वर्षीय इन्द्रा अधिकारी, दाङ बबई गाउँपालिका ६ पञ्चकुलेका ७० वर्षीया कलावती बुढाथोकी छन् ।
त्यस्तै शारदा नगरपालिका– की ५३ वर्षीया प्रभा चलाउने, सोही गरपालिका– २ की ६१ वर्षीया मिना डाँगी, ३ नं वडाकी ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी–१ की २४ वर्षीया मिना शाही र बबई–४ की ६० वर्षीया डुली रेउले रहेका छन् ।
घाइते मध्ये ४ जनालाई सेनाको हेलिकोप्टरबाट कोहलपुर ल्याईएको प्रहरीले जर्नाएको छ । उनिहरुको उपचार नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भैरहेको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *