१५ चैत्र २०८०, बिहीबार

स्वास्थ्य सेवामा उल्लेख्य योगदान गरेकोमा डाक्टर रोमन किदवाई नेपाल प्रहरीद्धारा सम्मानित

स्वास्थ्य सेवामा उल्लेख्य योगदान गरेकोमा डाक्टर रोमन किदवाई नेपाल प्रहरीद्धारा सम्मानित

समाचारदाता
नेपालगञ्ज, कात्तिक १ । पश्चिम नेपालका हजारौं विरामीको स्वास्थ्य उपचारमा सहयोग गरेको तथा जनस्वास्थ्यका लागि विभिन्न उल्लेख्य कार्य गरेकोमा नेपाल प्रहरीले प्रहरी दिवस २०७९ को अवसर पारेर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका सह निर्देशक डा. रोमन किदवाईलाई सम्मान गरेको छ ।
प्रहरी दिवस मनाउन सोमवार संघीय राजधानी काठमाण्डौमा आयोजना गरिएको बृहत्त कार्यक्रममा नेपाल प्रहरीका आइजीपी धिरज प्रतापसिंहले डा. किदवाईलाई सम्मान पत्र प्रदान गरेर सम्मान गर्नुभयो । सम्मान ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिंदै डा. किदवाईले यस्ता सम्मानले जनताको सेवा गर्ने थप हौसला प्रदान हुने जनाउँदै आफुले निरन्तर जनता र समाजको सेवा गरिरहने बताउनुभयो ।

मेडिकल कलेजमा कार्यरत डा. किदवाई हरेकजसो सामाजिक र जनसेवाको काममा खटिने मध्ये अग्रपंक्तिमा पर्नुहुन्छ । उहाँले यस क्षेत्रका गरिब र असहाय विरामीको निशुल्क उपचार लगायत विभिन्न सहयोग गर्दै आउनु भएको छ ।
विरामीको सेवामा दिनरात खटिने डा. किदवाई एक कुशल व्यवस्थापक समेत हुनुहुन्छ । कोभिडको समयमा र सो अघिपछि पनि उहाँको कुशल व्यवस्थापनमा नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालले निरन्तर प्रगति गर्दै गएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *