१३ बैशाख २०८१, बिहीबार

हमालको अध्यक्षतामा प्रेस सेन्टर नेपाल कोहलपुर नगर समिति गठन

हमालको अध्यक्षतामा प्रेस सेन्टर नेपाल कोहलपुर नगर समिति गठन

समाचारदाता
कोहलपुर, भदौ ७ । प्रेस सेन्टर नेपालको कोहलपुर नगर समितिको अध्यक्षमा पुष्पराज हमाल चयन हुनु भएको छ । सोमबार कोहलपुर नगर समितिको आयोजनामा सम्पन्न विशेष भेला तथा प्रशिक्षण कार्यक्रमको बन्द सत्रबाट हमालको अध्यक्षतामा १३ सदस्यीय नगर कार्यसमिति चयन गरिएको हो ।
नगर समितिको उपाध्यक्षमा विवेक रेग्मी, सचिवमा शुभाकर विश्वकर्मा, सह सचिवमा रामगोपाल विश्वकर्मा र कोषाध्यक्षमा शुशिला शर्मा सर्वसम्मत रुपमा चयन हुनु भएको छ । निर्वाचित सदस्यहरुमा राजु चौधरी, शान्ति सुनार, प्रतिमा शाही, प्रमिला विश्वकर्मा, मिना रावल, कल्पना शाही, मनवीर परियार र मनोज कोइराला रहनु भएको छ ।

विशेष भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सांसद पार्वती पुन उषाको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खानको विशेष आथित्यतामा १३ सदस्यीय नगर समिति गठन गरिएको हो । सो अवसरमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपाने, प्रेस सेन्टर नेपालका निति तथा परामर्श समितिका सदस्य शुसिल शर्मा, केन्द्रिय सदस्य शिव सुनार, लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, प्रदेश सदस्य हेमन्त चौधरी, जिल्ला संयोजक डक्ट धिताल, नेपालगञ्ज उपमहानगर समितिका अध्यक्ष चन्द्र बोहरा, राप्तीसोनारीका अध्यक्ष कविन्द्र परियार, संगीन शर्मा र शोभाखर पौडेल लगायतले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नवनिर्वाचित समितिलाई सोमवारनै सपथ ग्रहण समेत गराईएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *