१५ चैत्र २०८०, बिहीबार

२३ वटै वडाको विकासलाई तिव्र गतिमा अगाडी बढाउनेछु–कमरुद्दीन राई

२३ वटै वडाको विकासलाई तिव्र गतिमा अगाडी बढाउनेछु–कमरुद्दीन राई

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ३ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा जनता समाजवादी पार्टीका उम्मेदवार बन्नु भएका कमरुद्दिन राईले उम्मेदवारी घोषणासंगै चुनावी अभियानलाई पनि तिव्र पार्नुभएको छ । राईले आफ्नो उम्मेदवारी नेपालगञ्जको विकास र सम्बृद्धिका लागि भएको जनाउँदै उपमहानगरका २३ वटै वडालाई समानुपातिक ढंगले विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो ।
अहिलेका मेयर धवलशम्शशेर राणाले नगरपालिका भित्र विभेदपूर्ण तरिकाले विकास गरेको जनाउँदै उम्मेदवार राइले आफुले सबै वडालाई समान रुपमा विकासमा अगाडी बढाउने बताउनुभएको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पछाडी पारिएका नेपालगञ्ज उपमहानगरपालि भित्रका वडा नम्बर १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२ र २३ मा विकास नभएको राईले बताउनुभयो । मेयर राणाले शहरीक्षेत्रका केही वडाको विकास गरेपनि अन्यक्षेत्रमा विकासै नगरेको राईको दावी छ ।
मेयर राणाले नगरपालिका भित्र आफ्ना कार्यकर्ता पाल्ने काममात्रै गरेको पनि राईको आरोप छ । उहाँले मेयर राणाले ढल निकासलाई पूर्णता दिन नसकेको, नगरपालिकाका गाडी ठेक्कामा दिएको, शौचालयको अवस्था विगारेको समेत बताउनुभयो ।


शौचालय ठेक्कामा दिएका कारण अहिले नगरबासी विशेषगरी खरिदारी र अन्य कामले निस्केका महिलाहरुलाई बजारमा शौच गर्न ठूलो समस्या परेको उहाँले बताउनुभयो । यस्तै कोभिड महामारीमा विभेदपूर्ण तरिकाले राहत वितरण गरेकोमा पनि उहाँले असन्तुष्टि जनाउनुभयो । उम्मेदवार राइले आफ्ना चुनावी एजेन्डा विकास निर्माण, शिक्षा, बाटोघाटो, सरसफाइ रहेको बताउनुभयो ।
आफ्नो पार्टीबाट जितेका बाँके क्षेत्र नम्वर दुईका संघीय सांसद मो इस्तियाक राईले धेरै विकास निर्माण गरेको जनाउँदै आफु पनि सोही बाटोमा हिड्ने र सांसदसंग मिलेर विकास निर्माणलाई थप तिव्रता दिने बताउनुभयो । सांसद राईको तर्फबाट क्षेत्र नम्बर २ मा सडक निर्माणदेखि स्वास्थ्यक्षेत्र र धार्मिक संघसंस्थामा ठूलो लगानी गरिएको छ। नेपालगञ्जको विकासमा एसियाली विकास बैंक र संघीय सांसद राईको प्रमुख भूमिका रहेको छ ।
कोभिड महामारीमा पुर्वमन्त्री राई र आफुले निस्वार्थ जनताको सेवा गरेको जनाउँदै कमरुद्दीन राइले खान नपाएर छटपटाएका मानिसहरुलाई पूर्वमन्त्री राइको पहलमा घरघरमा पुगेर राहत वितरण गरेको बताउनुभयो । पछिल्लो पटक उपमहानगरपालिका हुँदा गाँसिएका वडाहरुको विकासमा ध्यान नदिईएकोले ती वडाको विकासमा विशेष ध्यान दिइने उहाँको भनाइ छ । उहाँले गरिव र विपन्नका लागि स्वास्थ्य, शिक्षा र रोजगारीमा विशेष योजना र कार्यक्रम तर्जुमा गरेर अगाडी बढ्ने लक्ष्य रहेको बताउनुभयो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *