१४ बैशाख २०८१, शुक्रबार

कर्णाली प्रदेशका नवनियुक्त प्रमुख परियारको नेपालगञ्जमा स्वागत

कर्णाली प्रदेशका नवनियुक्त प्रमुख परियारको नेपालगञ्जमा स्वागत

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २६ कात्तिक । कर्णाली प्रदेशका प्रमुख तिलक परियारलाई नेपालगन्जस्थित राझाँ विमानस्थलमा भब्य स्वागत गरीएको छ । काठमाण्डौंबाट सुर्खेत जाने क्रममा शुक्रबार बिहान नेपालगन्ज बिमानस्थल आईपुगेको परियारलाई नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका हुन ।
मन्त्रिपरिषद्को निर्णयअनुसार गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशमा परियारसहित प्रदेश १ मा परशुराम खापुङ र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिईन ।
राष्ट्रपति भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८ साल कात्तिक २२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम तिन प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेकी थिईन ।
नव नियुक्त प्रदेश प्रमुख परियारले आजै सुर्खेत पुगेर पदभारग्रहण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *