१२ बैशाख २०८१, बुधबार

सहादत मस्जिद ईदगाह कर्बला समितिको अध्यक्षमा बेहना निर्वाचित

सहादत मस्जिद ईदगाह कर्बला समितिको अध्यक्षमा बेहना निर्वाचित

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर १२ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ परसपुरमा रहेको सहादत मस्जिद इदगाह कर्बला व्यवस्थापन समितिको अध्यक्षमा कौसर अली बेहना सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ । समितिको प्रथम साधारण सभाले बेहनालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
सोही प्रकारले समितिको उपाध्यक्षमा सज्जन अली, कोषाध्यक्षमा मन्सुर अली दर्जी र सचिवमा इसराइल शेषलाई चयन गरिएको निर्वाचन अधिकृत श्याम काफ्लेले बताउनुभयो ।
काफ्लेका अनुसार कार्यसमितिको सदस्यहरुमा रज्जब अली बेहना, मकसुद अली बेहना, गजफ्फर अली इद्रीसी, रसीद अली दर्जी, आरिफ बागवान, रफीक धोबी र अकबर अली दर्जीलाई चयन गरिएको छ भने सल्लाहकारमा कलामुद्दीन दर्जी, हाजी सुबेदार बेहना, अरमान अली बेहना, मौला दर्जी, जुमई बेहना, शेरबहादुर बेहना, पप्पू बेहना, नुरुल नवी इद्रीसीलाई चयन गरिएको छ ।
नव निर्वाचित पदाधिकारीहरूलाई निर्वाचन अधिकृत काफ्लेले प्रमाणपत्र वितरण गर्नुका साथै शुभकामना दिनु भएको थियो भने कार्यक्रमको समापन सज्जन अली सलमानीले गर्नु भएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *