१२ बैशाख २०८१, बुधबार

कार्यदलको प्रतिवेदनपछि एमसीसीबारे निर्णय गरिने–माधव नेपाल

कार्यदलको प्रतिवेदनपछि एमसीसीबारे निर्णय गरिने–माधव नेपाल

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ८ । एकिकृत समाजवादी पाटीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमसीसीको बारेमा गठबन्धन भित्र र बाहिरका दलहरुसंग घनिभूत छलफल भइरहेको जनाउदै कार्यदलले प्रतिवेदन बुझाएपछि मात्रै कसरी अगाडी बढ्ने भन्ने निर्णयमा पुग्ने बताउनुभएको छ ।
बिहीबार समाजवादी प्रेस सगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताउनु भएको हो ।
उहाँले देशको हितमा हुने हरेक सम्झौतालाई समाजादीले सहर्ष स्विकार्ने जनाउँदै तर आर्थिक विकासको नाममा अन्यथा गर्न खोज्ने कुनै पनि परियोजना स्विकार गर्न नसकिने बताउनुभयो ।
आगामी निर्वाचनमा लोकतान्त्रिक र वामपन्थी शक्तिलाई एकतावद्ध गरेर लैजाने पक्षमा आफुहरु रहेको पनि उहाँले सो अवसरमा बताउनु भयो ।
प्रतिगामी बाहेकका सबै वामपन्थी शक्ति र अन्य लोकतान्त्रिक दललाई मिलाएर गठबन्धन बनाई निर्वाचनमा जाने तयारीमा लागेको जनाउँदै अध्यक्ष नेपालले अब हुने चुनावहरुमा प्रतिगामीहरुलाई पराजित गरेर आफुहरुले विजय प्राप्त गर्नका लागि गठबन्धन आवश्यक भएको बताउनुभयो ।
संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफुहरुले विद्रोह गरेको जनाउँदै उहाँले प्रतिगामीलाई कुनै पनि हालतमा सफल हुन नदिने दावी गर्नुभयो ।
एकिकृत समाजवादी पाटीका विभिन्न कामहरु व्यवस्थित हुदै पालिका, जिल्लाहरुमा कमिटी गठन गर्ने कार्य तिव्र गतिमा भैरहेको उहाँको भनाई थियो ।
नेता नेपालले देशको हित र रक्षाका लागि एकिकृत समाजवादी पार्टी चिन्तनशिल रहेको बताउदै स्वास्थ्य, शिक्षा रोजागारीका साथै जनताको हितमाका विषयमा पार्टी गम्भीर रहेको बताउनुभयो । सल्यान जाने क्रममा कोहलपुर पुग्नु भएका नेता नेपालले पत्रकारहरुसंग भेटघाट गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *