१२ बैशाख २०८१, बुधबार

एमसीसीमार्फत नेपाललाई अमेरिकाले प्रान्त बनाउन खोज्दैछ– नेकपा विप्लव नेता बास्तोला

एमसीसीमार्फत नेपाललाई अमेरिकाले प्रान्त बनाउन खोज्दैछ– नेकपा विप्लव नेता बास्तोला

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २५ । ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धमेन्द्र बास्तोलाले अमेरिकाले एमसिसीमार्फत नेपाललाई आफ्नो प्रान्तको रुपमा कब्जा गर्न खोजेको बताउनुभएको छ । उहाँले एमसीसीकै कारण नेपालमा अत्यन्तै ठुलो खतरा पैदा भएको पनि प्रष्ट पार्नु भएको छ ।
जनपत्रकार संगठन बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता बास्तोलाले एमसिसी पास गर्न प्रतिपक्ष र सत्तापक्ष सहमत भइरहेको देखिएकोले देशमा ठुलो खतरा आउन लागेको बताउनुभयो ।
पार्टीका विदेश विभाग इन्चार्ज समेत रहनु भएका बास्तोलाले एमसीसीले नेपालको स्वतन्त्रता र सार्र्वभौमसत्तालाई समाप्त पार्ने बताउँदै यसबाट जोगिन सबै नेपालीले प्रतिकारका उत्रिनुपर्नेमा जोड दिनुभयो ।
सरकारसँग भएको सहमती अझै कार्यान्वयनमा नआएको गुनासो गर्दै उहाँले तत्कालिन सरकारसँग भएको तीन बुँदे सहमती मध्ये पार्टीमाथीको प्रतिबन्ध हटेपनि मुद्दा फिर्ता नगरिएको र बन्दीहरुलाई रिहाई पनि नगरिएको बताउनुभयो ।
पार्टीका १५० जना जति बन्दीहरु थुनामा रहेको मध्ये ८० देखी ९५ जना अझैपनि जेलमा रहेको जनाउँदै उहाँले ५०, ६० जना जति छुटेको र अधिकांश अझै बन्दनै रहेकोमा चिन्ता प्रकट गर्नुभयो ।
उहाँले यथास्थितीमा आफ्नो पार्टी कुनैपनि निर्वाचनमा सहभागी नहुने प्रष्ट पार्दै निर्वाचनबारे छिट्टै पार्टीमा छलफल गरेर निर्ण लिइने बताउनुभयो ।
अहिलेको अवस्थामा जनमत संग्रहको चुनाव गराउनु पर्ने माग गर्दै नेता बास्तोलाले आफ्नो पार्टीले जनमत संग्रहबाट चुनाव गराउनुपर्ने माग गर्दै आएको बताउनुभयो । उहाँले जनमत संग्रह भएमात्र आफुहरु सहभागि हुने बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *