१२ बैशाख २०८१, बुधबार

दिनदिनै शक्तिशाली बन्दैछन् मन्त्री राई, जसपा प्रवेश गर्ने बढे, काँग्रेसको उम्मेदवारीले धवललाई झट्का

दिनदिनै शक्तिशाली बन्दैछन् मन्त्री राई, जसपा प्रवेश गर्ने बढे, काँग्रेसको उम्मेदवारीले धवललाई झट्का

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, असोज २६ । मंसिर ४ गते हुने संघीय सांसद र प्रदेश सभाको निर्वाचनका लागि विभिन्न गठबन्धन र दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । बाँकेमा उम्मेदवारी दर्ता गराउने क्रममा केही क्षेत्रमा ठुला उलटफेर भएका छन् भने केही क्षेत्रमा उम्मेदवारी नपाएपछि बागी र दल छोडेर स्वतन्त्र उम्मेदवार बन्नेहरु पनि धेरै देखिएका छन् ।
बाँके जिल्लामा दुई जना संघयि मन्त्री र एकजना प्रदेशमन्त्रीसहित राप्रपाका महामन्त्री तथा काँग्रेसका सहमहामन्त्री पनि उम्मेदवार भएकोले यहाँको निर्वाचनलाई देशभरिनै सर्वाधिक चासोका रुपमा हेरिन थालिएको छ । त्यसमा पनि सबैभन्दा बढी चर्चा र चासो बाँके क्षेत्र नम्बर २ को छ ।
सो क्षेत्रबाट जनता समाजवादी पार्टीका केन्द्रिय नेता तथा तीन पटकका मन्त्री र दुई पटकका सांसद मोहम्मद ईश्तियाक राई मैदानमा रहनुभएकाले उक्त क्षेत्र हट सिट बनेको छ । राईका विरुद्ध राप्रपाका महामन्त्री धवल शमसेर राणा र नेपाली काँग्रेसका सुदिप नरसिंह राणा   ( रवि ) मैदानमा उत्रिनु भएको र शिवसेनाको समर्थनमा दिवाकर खनालले पनि उम्मेदवारी दिनुभएकोले यो क्षेत्र झनै चर्चित बनेको हो ।
राईका निकट तर विद्रोही भनेर प्रचार गरिएका शमसुल राई र बाबु खाँ पठानले गर्दा राईलाई नर्वाचनमा खासै क्षति हुने देखिंदैन । यस्तै हन्नान जसगढ र जनमत पार्टी छोडेर स्वतन्त्र भएका ईर्फान खानको उम्मेदवारी पनि उम्मेदवारीमा मात्रै सिमित रहेको देखिन्छ ।


बाँके क्षेत्र नम्बर २ मा सबैभन्दा बलियो उम्मेदवार मानिएका मन्त्री राई उम्मेदवारी दर्ता गरेपछि झन शक्तिशाली र बलियो बनेका छन् । उनले माओवादी बाँकेका व्यवसायी नेता आदेश अग्रवाललाई आफ्नो पार्टीमा शामेल गरेर प्रदेशसभा ख बाट उम्मेदवार मात्र बनाएनन्, माओवादीका केन्द्रिय सदस्य अतहर हुसेन फारुकीसहित दर्जनौ नेता कार्यकर्तालाई पार्टी प्रवेश गराए । त्यति मात्र नभई त्यसको ठीक दुई दिन पछि राष्टिय मारवाडी युवा संघका केन्द्रिय अध्यक्ष महेश अग्रवाललाई पनि पार्टी प्रवेश गराउन सफल भएका छन् । यी प्रवेशले राईलाई थप शक्तिशाली बनाएको आकलन गरिएको छ ।
यसअघिनै बुद्धिसागर सुवेदी, अरुणसिंह, राजन रानामगर, अम्बिका काफ्ले र मनिष रेग्मी जस्ता स्थानीय नेताहरुको साथ पाएका उनलाई सबै समुदाय र क्षेत्रको राम्रो समर्थन रहेको देखिन्छ । उपमहानगरका उपमेयर कमरुद्दीन राई उनकै दलका रहनु पनि मन्त्री राईका लागि प्लस प्वाइन्ट हो ।
सहरी विकास मन्त्री हुँदा र हाल भौतिक पुर्वाधार मन्त्री बनेपछि विकास प्रेमी नेताको परिचय बनाईसकेका राईले भण्डारीलाल यादवलाई डुडुवा क्षेत्रबाट उम्मेदवार बनाएर सो क्षेत्रमा आफ्नो पकड बलियो बनाउन सफल भएका छन् भने उनलाई हरेक धर्म र समुदायका मानिसको उत्तिकै समर्थन रहेको छ ।
राप्रपाका महामन्त्री राणालाई सजिलै पछाडी पार्न मन्त्री राईले आफ्नो क्षेत्रमा बढी भन्दा बढी उम्मेदवार मैदानमा आउने र गठबन्धन नगरि एकल प्रतिष्पर्धा गर्ने माहोल तयार गरिरहेका थिए, जुन काँग्रेसले सुदिप नरसिंह राणालाई उम्मेदवार बनाएपछि र स्वतन्त्र रुपमा दिवाकर शर्माले उम्मेदवारी दिएपछि पुरा भएको छ । अबको लडाई त्रिपक्षीय हुने र चार पक्षीय समेत हुनसक्ने र त्यसो हुँदा राईलाई सबैभन्दा बढी लाभ मिल्ने देखिएको छ ।
स्थानीयस्तरमा राप्रपा र एमालेविच गठबन्धन भएपनि बालकोटले राईका लागि विशेष सर्कुलर जारी गर्न सक्ने आशंकाबाट राप्रपा त्रसित छ । नेपाली काँग्रेसका उम्मेदवार सुदिप राणा बलियो हुँदै गए भने राईको प्रतिष्पर्धा उनिसंग हुने र दिवाकर शर्मा र धवल राणाले तेस्रो हुनका लागि प्रतिष्पर्धा गर्न बाध्य हुनेछन् भन्नेहरुको पनि बाँकेमा कमि छैन । गत आम निर्वाचनको परिणाम, स्थानीय निर्वाचनमा जसपाले डुडुवा र नेपालगञ्जमा देखाएको प्रदर्शनबाट यस पटक क्षेत्र नम्बर २ मा काँग्रेस र जसपाविचनै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । शुरुमा काँग्रेसमा विभाजन देखिएपनि अन्तमा एकजुट हुने परम्पराले पक्कै पनि धवल शमसेरलाई समस्यामा पार्न सक्छ । माओवादी केन्द्रका प्रदेश ख का उम्मेदवार अकल बहादुर बमको उम्मेदवारी कायमै रहने हो भने त्यसबाट काँग्रेसका उम्मेदवार राणा पनि कमजोर हुने र त्यसको पनि सोझो लाभ मन्त्री राईलाईनै पुग्ने विष्लेषकहरु बताउँछन् ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
5
+1
1
+1
3
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *