१५ चैत्र २०८०, बिहीबार

कोहलपुरमा १ अर्ब २२ करोडको राष्टिय महिला क्रिकेट एकेडेमी निर्माण गरिंदै

कोहलपुरमा १ अर्ब २२ करोडको राष्टिय महिला क्रिकेट एकेडेमी निर्माण गरिंदै

मन्त्री अथकद्धारा भव्य समारोहमा एकेडेमीको शिलान्यास
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर ५ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले आइतवार बाँकेको कोहलपुरमा ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’को शिलान्यास गर्नु भएको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नु भएको हो ।
मन्त्री नियुक्त भएलगत्तै उहाँले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गर्नु भएको थियो ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं उहाँले केही दिनमै पुर्वाधार निर्माणको प्रक्रिया सुरु गरीने प्रतिवद्धता जनाउनुभयो ।
रात्रिकालिन खेल संचालन गर्न सकिने तथा आवाशिय सुविधा सहित अन्तराष्ट्रिय स्तरमा निर्माण गरीने एकेडेमीको लागत १ अर्ब २२ करोड रहने मन्त्रीले बताउनुभयो ।
आगामी ३ वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालै पुर्वाधार निर्माणको काम अगाडी बढाईने छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *