१५ चैत्र २०८०, बिहीबार

जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगितामा जोशी, राना र बोहोरा प्रथम

जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगितामा जोशी, राना र बोहोरा प्रथम

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ८ मङ्सिर । बाँके जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा सामुदायिक प्रहरी सेवा केन्द्रका दिपेन्द्र कुमार जोशी, पुरुष युगलमा प्रवेश राना र मनिष सुनारको जोडी र महिला एकलमा कुसुम बोहरा प्रथम भएकी छन् ।
लागुऔषध दुव्र्यसनी विरुद्धको सन्देश प्रवाह गर्न आयोजना गरिएको सो प्रतियोगिताको फाइनल खेलबाट उहाँहरु विजयी भएर प्रथम हुनु भएको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेसँगको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता जिल्ला ब्याडमिन्टन संघले विशेषत लागुऔषध उपचार तथा पुनस्र्थापना केन्द्रमा रहेका युवाहरुलाई लक्षित गरी आयोजना गरेको थियो ।
बाँके जिल्ला ब्याडमिन्टन संघका जिल्ला अध्यक्ष सञ्जय थापाले जीवनलाई सुधार्न चाहिरहेका युवाहरुलाई खेलकुदका माध्यमबाट सुदृढ गर्दै अगाडि बढाउने प्रयास स्वरुप प्रतियोगिता गरिएको बताउनुभयो ।
प्रतियोगितामा विभिन्न पुनस्र्थापना केन्द्रका ११ वटा टिमले प्रतिस्पर्धा गरेका थिए भने १३ वटा टिम मेन्स डबल र १७ टिम मेन्स सिंगल रहेको आयोजक बाँके जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *