१५ चैत्र २०८०, बिहीबार

नवौं राष्टिय खेलकुदको छनोट प्रतियोगिता असोज ८ देखि १२ सम्म नेपालगञ्जमा हुने

नवौं राष्टिय खेलकुदको छनोट प्रतियोगिता असोज ८ देखि १२ सम्म नेपालगञ्जमा हुने

समाचारदाता
नेपालगञ्ज, भदौ २९ । लुम्बिनी प्रदेस खेलकुद परिषदले २ असोजबाट छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । छनोट प्रतियोगिता रुपन्देहीको बुटवलबाट सुरु भई १३ असोजमा रोल्पामा समापन हुने कार्यक्रम तय भएको मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिनुभयो ।
छनोट प्रतियोगिता अन्तरगत ८ असोजमा नेपालगन्जमा बास्केट बल छनोट प्रतियोगिता हुने भएको छ भने, ८ र ९ असोजमा नेपालगन्जमा बक्सिङ तथा भारोत्तोलन एवम् १० र ११ गते नेपालगन्जमा जुडो, सुटिङ हक्की महिला पुरुष र साइक्लिङ प्रतियोगिता हुने मध्यपश्चिमा खेलकुद विकास समितिका लेखा अधिकृत मिनबहादुर जिसीले बताउनुभयो ।
उहाँका अनुसार, १० असोजमा नेपालगन्जमा पौडी र जिम्न्यास्टिक तथा ११–१२ असोजमा कुस्ती र उसु छनोट प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगिता अन्तरगत बर्दियाको तारातालमा सेपाताक्रा, ११ र १२ असोजमा बर्दियाको भुरीगाउँमा महिला–पुरुष खो–खो र बर्दियाको गुलरियामा रब्बी प्रतियोगिता हुने भएको छ । छनोट प्रतियोगिताका लागि सम्पूर्ण ब्यवस्था मिलाइएको लुम्बिनी प्रदेस खेलकुद परिषदका सदस्य नरेन्द्र थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *