७ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु

नेपालगञ्जमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २३ । नेपालगञ्जमा विहिबारदेखि जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघ बाँकेको आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गण र कर्मचारी मिलन केन्द्र बाँकेको सह–आयोजनामा नेपालगञ्ज रंगशालाको कभर्डहलमा सो खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको नेपाली सेनाको श्री ४ नम्बर अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उदघाटन गर्नुभयो । मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो प्रतियोतिामा ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ ।
एकल स्पर्धातर्फ महिला र पुरुष, पुरुष युगल, भेट्रान्स युगल र यु–१९ उमेर समूह अन्तर्गत पुरुष एकल र महिला एकलमा प्रतिष्पर्धा भैरहेको छ ।
प्रतियोगितामा करिब डेढ सय जना खेलाडीले भाग लिएको जिल्ला ब्याडमिन्टन संघ बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *