१३ बैशाख २०८१, बिहीबार

प्रथम राष्टिय एलटीके पौडी प्रतियोगितामा स्प्रिङडेल एकेडेमीका विद्यार्थीको वर्चस्व, ६ स्वर्णसहित १८ पदक जिते

प्रथम राष्टिय एलटीके पौडी प्रतियोगितामा स्प्रिङडेल एकेडेमीका विद्यार्थीको वर्चस्व, ६ स्वर्णसहित १८ पदक जिते

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २९ कात्तिक । नेपालगञ्जस्थित स्प्रिङडेल एकेडेमीका विद्यार्थी अमित रावलले राष्ट्रव्यापी विद्यालय स्तरीय प्रथम एलटीके पौडी प्रतियोगितामा ३ वटा स्वर्ण पदक हात पारेका छन् । सोही विद्यालयका विशेष सिंह र सुबाङ बोहराले पनि दुई दुई स्वर्ण जितेका छन् ।
११–१२ वर्ष उमेर समूहबाट अमितले ५० मिटर ब्याक स्ट्रोक, ५० मिटर फ्री स्टाइल र ५० मिटर फ्लाइमा स्वर्ण पदक जितेका हुन् । रावलले तीनवटा स्वर्ण जितेर आफुलँई अव्वल साबित गर्न सफल भएको र अन्य विद्यार्थिले पनि दुई दुई वटा स्वर्ण पदक जितेर नेपालगञ्जकै इज्जत बढाएको विद्यालयले जनाएको छ ।

प्रतियोगितामा स्प्रिङ डेल स्कुलकै दिवस रेग्मीले तीन रजत, ५ वर्ष माथिको ब्याक स्ट्रोकमा अजय परियारले एक रजत, सुमन न्यौपानेले एक रजत र २ कास्य, दिवस रेग्मीले एक रजत, सुशान्त बोहोराले एक रजत र एक कास्य, अनन्त प्याकुरेलले २ कास्य पदक जितेका छन् ।
प्रतियोगितामा स्प्रिङ डेल स्कुलका विद्यार्थीले मात्र ६ स्वर्ण, ८ रजत र ४ कास्य गरी जम्मा १८ पदक जितेका छन् । भरतपुर महानगरपालिका ६ देवनगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट ९एलटिके० हवेलीको आयोजनामा भएको प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूहका पुरुष तथा महिला खेलाडीहरु सहभागी रहेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *