९ चैत्र २०७९, बिहीबार

प्रधानमन्त्री कप भलिबलमा पहिलो पटक सहभागि हरियाणले उपाधी लिएर फर्किंदै

प्रधानमन्त्री कप भलिबलमा पहिलो पटक सहभागि हरियाणले उपाधी लिएर फर्किंदै

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत १४ । पहिलो पटक प्रधानम्नत्री महिला भलिबल प्रतियोगितामा सहभागि भएको भारतको हरियाणा स्पोर्टस् क्लबले प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बन्दै उपाधी लिएर आफ्नो देश फर्किने छ ।
नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक फाइनलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हराएको थियो । उपाधिसँगै हरियाणाले ५ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार प्राप्त गरेको छ ।
त्यसअघि सोमबार नै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।


यो सँगै आर्मीले डायमन्डलाई लिग चरण र नकआउट चरण दुवैमा पराजित गर्द सफल भयो । तेस्रो भएको आर्मीले १ लाख रुपैया प्राप्त गरेको छ । चौथो भएको डायमन्डले ५० हजार रुपैया प्राप्त गरेको छ ।
प्रतियोगताको उत्कृष्ट खेलाडी हरियाणाका क्याप्टेन निर्मललाई घोषित गरियो भने बेस्ट स्ट्राइकर त्रिभुवन आर्मी क्लबका शान्ति कुमारी, बेस्ट सेटर हरियाणका रुकसाना, बेस्ट सर्भर नेपाल पुलिस क्लबका कमला पुन, बेस्ट लिब्रो पनि नेपाल पुलिस क्लबका शान्तिकला तामांग, बेस्ट ब्लकर हरियाणाका म्यान्सी र बेस्ट कोच नेपाल पुलिस क्लबका रुपेश विष्टलाई घोषित गरेर पुरुस्कृत गरियो ।
१० चैतबाट शुरु भएको प्रतियोगितामा नेपालका ४ र भारतका दुईसहित ६ टोलीको सहभागिता रहेको थियो । मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ, नेपालगन्ज उप महानगरपालिकाका मेयर धवल शम्सेर राणा, पश्चिम कमान्ड सेनापति उपरथी प्रेम शाही, ओलम्पियन दीपक विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कोषाध्यक्ष आङबाबु लामा, युक्यानका सिइओ राजन महर्जन, सगरमाथा सिमेन्टका प्रतिक अधिकारी, भैरवप्रसाद गणका गणपती जनमत कार्कीलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *