१२ बैशाख २०८१, बुधबार

मैत्रीपुर्ण फुटबलमा प्रमुख सेनानी कार्कीको गोलले सेनाको टोली विजयी

मैत्रीपुर्ण फुटबलमा प्रमुख सेनानी कार्कीको गोलले सेनाको टोली विजयी

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ५ । नेपालगञ्जमा खेलिएको भेटरान मैत्रीपुर्ण फुटबल खेलमा नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टरले रोयल नेपालगञ्ज फुटबल क्लबलाई पराजित गरेको छ । पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीको कप्तानीमा रहेको नेपाली सेनाको टोलीले एन्फा लुम्बिनीका उपाध्यक्ष सुर्यमणी अधिकारीको कप्तानीमा रहेको रोयर नेपालगञ्ज फुटबल क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गरेको हो ।
खेलको पहिलो गोल रोयलका अमृत श्रेष्ठले गर्नु भएको थियो । त्यसपछि सेनाको टोलीबाट प्रमुख सेनानी प्रदीप थापाले गोल गरेर खेललाई बराबरीमा पुरयाउनु भएको थियो ।

विजयका लागि दुबै टोलीविच निकै संघर्ष भएपनि अन्तत विजयी गोल सेनाको टोलीले गरेको थियो । पश्चिम कमाण्डका सेनापति शाहीको पासमा भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले विजयी गोल गरेर सेनालाई जित दिलाउनु भएको थियो ।
यसअघि पनि पश्चिम कमाण्डका सेनापति उपरथी प्रेम शाही नेपालगञ्ज आएको बेला रोयलसंगनै मैत्रीपुर्ण फुटबल खेल खेलिएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *