१६ चैत्र २०८०, शुक्रबार

युवा तथा खेलकुद मन्त्रीलाई राखेपद्धारा स्वागत तथा सम्मान

युवा तथा खेलकुद मन्त्रीलाई राखेपद्धारा स्वागत तथा सम्मान

नेपालगञ्ज, ११ कात्तिक । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ९अथक०लाई राष्ट्रिय खेलकुद परिषद ९राखेप० का पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका छन । राखेपका अध्यक्ष समेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बिच राखेपका उपाध्यक्ष शिव कोईराला सहितका पदाधिकारी तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका हुन ।
स्वागत समारोहमा बोल्दै मन्त्री अथकले खेलकुद क्षेत्रको विकासकालागी सबै मिलेर अगाडी बढ्नुपर्ने बताए । काम गर्ने समयमा राजनिति गर्न नहुने बताउँदै मन्त्री अथकले खेलकुद क्षेत्रलाई राजनितिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रष्ट पारे । “यो राजनिति गर्ने समय होईन” मन्त्री अथकले भने, “खेलकुदलाई राजनितिबाट मुक्त बनाउँदै सम्मानित क्षेत्रका रुपमा विकास गर्न आवश्यक देखिएको छ ।”

खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री अथकले खेल क्षेत्रको विकासकालागि ऐन बाधक नहुने दावी समेत गरेका छन । “ऐन कुरान, बाईबल होईन, यसलाई परिमार्जन गर्न सकिन्छ” मन्त्री अथकले अगाडी भने, “खेलकुद क्षेत्रको विकासकालागि ऐनलाई आफ्नो अनुकुलतामा प्रयोग गर्न सकिन्छ ।”
ऐनलाई बाघको संज्ञा दिदैं मन्त्री अथकले भने, “बाघ, भालु वा हात्तिसँग सँगै सुत्न त सकिदैन, तर आवश्यकताका आधारमा नियन्त्रणमा राख्न भने सकिन्छ ।” अथकले लामो समयपछि आएको खेलकुद ऐनमा केही अपूर्णताहरु देखिएपनि त्यसलाई शंसोधन गर्दै लैजान सकिने बताए ।
साथै नवौं खेलकुद प्रतियोगितालाई समयममै संचालन गर्न आवश्यक तयारी सुरु गरीएको, खेलकुद विश्वविद्यालय संचालनकालागि आवश्यक प्रक्रिया अगाडी बढाईएको र खेल क्षेत्रको विकासकालागि नयाँ तथा पृथक योजनाको खाका कोर्ने काम सुरु गरीएको मन्त्री अथकले बताए।
खेल क्षेत्रमा लामो समयदेखी विज्ञता हासिल गरेका खेलाडीहरु नै आफ्नो मुख्य सल्लाहकार भएको उल्लेख गर्दै मन्त्री अथकले खेलाडीहरुबाटै नयाँ योजना आएको खण्डमा त्यसलाई कार्यान्वयमा लैजान मन्त्रालय प्रतिवद्ध रहेको समेत उल्लेख गरे । खेल गतिविधि संचालनमा रकम अभाव हुन नदिने बताउँदै मन्त्री अथकले भने, “तपाईहरु योजना ल्याउनुहोस, स्रोतको ब्यवस्थापन राज्यले गर्छ ।”

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *