१६ चैत्र २०८०, शुक्रबार

वर्षाको परवाह नगरि मन्त्री अथकद्धारा साफ महिला च्याम्पियनसिपको उद्घाटन

वर्षाको परवाह नगरि मन्त्री अथकद्धारा साफ महिला च्याम्पियनसिपको उद्घाटन

नेपालगञ्ज्पाटी समाचार
काठमाण्डौ, भदौ २२ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नु भएको छ । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नु भएको हो।
प्रतियोगिता उद्घाटनकालागि पुर्वनिर्धारित समय मंगलबार बेलुका ५ः३० बजे ठुलो वर्षा भएपनि मन्त्री अथकले निरन्तर वर्षाकै बिचमा प्रतियोगिताको उद्घाटन गर्नुभयो । खेलाडी तथा अफिसीयलसँगै मैदानमा पुगेका मन्त्री अथकले वर्षाको प्रवाह नगरी झिज्दै प्रतियोगिताको उद्घाटन गर्दा दर्शकहरुले हुटिङ गरेर समर्थन जनाएका थिए ।
मन्त्री अथकले खेल रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेसँगै मंगलबारदेखी प्रतियोगिता अन्तर्गतका खेलहरु खेलाउन सुरु गरीएको छ । प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटान बिच भएको थियो । उद्घाटन खेलमा आयोजक नेपालले भुटानलाई ४ का विरुद्ध शन्य गोलले पराजित गरेको छ ।
नेपालकालागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान दुई दुई गोल गर्नुभयो। सावित्राले खेलको १२औं र ६८औं मिनेट तथा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गरेका थिए । पहिलो जितसँगै समूह “ए” मा रहेको नेपालले तीन अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *