१३ बैशाख २०८१, बिहीबार

खेलकुद पुर्वाधार निर्माण सरकारको प्रमुख प्राथमिकता–मन्त्री अथक

खेलकुद पुर्वाधार निर्माण सरकारको प्रमुख प्राथमिकता–मन्त्री अथक

सिराज खान
नेपालगञ्ज, भदौ १७ गते । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारले खेलकुदका पुर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।
उहाँले सोही अभियान अन्तर्गत अहिले एक पालिका एक खेल पुर्वाधार कार्यक्रम अन्तर्गत खेल पुर्वाधारको निर्माणलाई तिव्र पारिएको बताउनुभयो ।
बाँकेको राप्तीसोनारी ६ स्थित जनसिद्धेश्वर बहुमुखि पब्लिक क्याम्पसको दुई तले पक्की भवनको उदघाटन गर्दै मन्त्री अथकले खेल पुर्वाधार र सामाग्रीको अभावमा खेलाडीले आफ्नो प्रतिभा देखाउन नसकेको र राम्ररी अभ्याससंगै प्रतियोगिता पनि नहुन सकेकोले पुर्वाधार निर्माणलाई विशेष ध्यान दिईएको बताउनुभयो ।
उहाँले नेपालकै ईतिहासमा पहिलो पटक वर्तमान सरकारले अन्तराष्टिय पदक विजेता खेलाडीलाई एक करोडसम्म नगद पुरस्कार दिने व्यवस्था गरेको जनाउँदै सो निर्णयबाट खोलाडीमा एक प्रकारको नयाँ जोश र उत्साह थपिएको बताउनुभयो ।

खेलाडी राष्टका गौरव र गहना भएकोले उनिहरुलाई पदक जित्नका लागि सहज वातावरण बनाउनु पर्ने कुरामा यो सरकार गम्भीर भएर लागेको मन्त्री अथकले बताउनुभयो ।
ठुलो राशी नगद पुरस्कार दिने निर्णयले खेलाडीमा जित्नै पर्ने जोश सञ्चार गरेको जनाउँदै उहाँले यसको परिणामा केही समयमा देखिने बताउनुभयो ।
नवौं राष्टिय खेलकुदलाई समयमै गर्ने निर्णय र प्रयासले अहिले देश खेलमय भएको प्रष्ट पार्दै उहाँले सबै ठाउँमा छनोट खेलहरु भैरहेकोले खेल क्षेत्र तरंगित बनेको बताउनुभयो ।
सो अवसरमा जनसिद्धेश्वर बहुमुखि पब्लिक क्याम्पसका विद्यार्थिले मन्त्री अथकलाई एक ज्ञापनपत्र बुझाउँदै १० लाख रुपियाँ बराबरको खेल सामाग्री माग गरेका थिए । विद्यार्थिको मागलाई केही दिनमै पुरा गरिने मन्त्री अथकले सो अवसरमा प्रतिवद्धता जनाउनुभयो । ( गोरखापत्र अनलाइनबाट साभार )

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *