१२ बैशाख २०८१, बुधबार

खेलाडीको हौसला बढाउन रंगशाला पुगे खेलकुद मन्त्री अथक

खेलाडीको हौसला बढाउन रंगशाला पुगे खेलकुद मन्त्री अथक

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १५ । नेपाल र मौरिसस बीचको दशरथ रंगशालामा जारी फुटबल हेर्न युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज रंगशाला पुग्नु भएको छ । मैत्रीपूर्ण खेल भएपनि खेलाडीको मनोबल बढाउनका लागि मन्त्री अथक फुटबल हेर्न रंगशाला पुग्नु भएको उहाँका स्वकीय सचिव दिलिप सोनीले जानकारी दिनुभयो ।
नेपाल र मौरिससको खेल हेर्न मन्त्री अथकसँगै खेलकुद सचिव डा दामोदर रेग्मी, नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमेद अल हाइल पनि सहभागि हुनभयो । कतारले नेपाली फुटबलका लागि सहयोग गर्दै आएको छ । मौरिसस विरुद्ध नेपाली टोली घरेलु मैदान र दर्शकको साथमा उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रिएको छ ।
नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चोटका कारण संघर्ष गरिरहेका केही खेलाडीहरु डिफेन्डर अनन्त तामाङलाई आराम दिएका छन् । खेलको पूर्व सन्ध्यामा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मौरिससविरुद्ध खेल टोलीका लागि फरक अनुभव हुने बताएका थिए । ‘हामीले अफ्रिकी राष्ट्रसँग पहिलो पटक खेल्न लागेका छौं । फरक अनुभव हुनेछ । हामी मैदानमा सधैं जितको लागि नै खेल्न जान्छौं । यसपटक पनि सोही लक्ष्य रहनेछ,’ उनले भनेका थिए ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसपटक दुई मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय प्रारम्भिक टोलीका सबै खेलाडी समेट्दै दुई खेलका लागि फरक टोली घोषणा गरेका थिए । नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध हुने पहिलो मैत्रीपूर्ण खेलअघि मौरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपाली टोलीको प्रशंसा गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *