४ बैशाख २०८१, मंगलवार

दिपेन्द्र बिष्ट–नवौं राष्टिय खेलकुदको सफल आयोजनका अहम पात्र

दिपेन्द्र बिष्ट–नवौं राष्टिय खेलकुदको सफल आयोजनका अहम पात्र

सिराज खान
पोखरा, असोज ३१ । देशको प्रमुख पर्यटकीय गन्तव्य सुन्दर नगरी पोखरा, जहाँ अहिले देशभरिका खेलाडी विभिन्न पदकका लागि प्रतिष्पर्धा गरिरहेका छन् ।
राम्रो मौसम, स्वच्छ वातावरण र अतिनै रमणीय दृष्यका विच अहिले यो नगरमा नवौं राष्टिय खेलकुद प्रतियोगिता भव्य रुपमा सञ्चालन भैरहेको छ ।
खेलको महाकुम्भ मानिने यो प्रतियोगिता आफैमा एउटा सबैभन्दा ठुलो आयोजन मात्र होइन यसको सफलता र असफलतामा सम्पुर्ण खेलाडी र खेलक्षेत्रको मान र प्रतिष्ठा समेत गाँसिएको छ ।
यस्ता ठुला आयोजनहरु सम्पन्न गर्न धेरै पहिलेदेखि धेरैले मिलेर लामो तयारी तथा संयोजन गर्नुपर्छ । खेलाडीले त प्रतियोगितामा पुगेर खेल सकेर पदक प्राप्त गरि वा नगरि फर्किन्छन् तर आयोजनको जिम्मेवारी पाएकाले लामो समयसम्म आफुलाई त्यसका लागि समर्पण गर्नुपर्छ ।
पोखरामा जारी नवौं राष्टिय प्रतियोगिताको सफलताका लागि सबैभन्दा बढी खटिने तथा भोक निन्द्राको समेत परवाह नगर्ने पात्रहरु मध्ये एक अहम पात्र हुन, दिपेन्द्र बिष्ट ।
बाहिरबाट हेर्दा उनि राष्टिय खेलकुद परिषदका धेरैजना सदस्य मध्ये एक जना सदस्य र प्रचार प्रसार उपसमितिका संयोजक मात्र हुन् । तर, यस प्रतियोगितालाई भव्य र सभ्य बनाउन सबैभन्दा बढी खटिने मध्येका एक तथा हरेक ठाउँमा आफ्नो कुशलतालाई साबित गर्ने अहम पात्र हुन् उनि ।


युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकको गृह जिल्ला बाँकेका वासिन्दा भएको नाताले पनि यो महाकुम्भलाई अत्याधिक सफल बनाउन आफु अहोरात्र भोक निन्द्रा नभनि खटिएको उनि बताउँछन् ।
यो खेलकुद महाकुम्भ मन्त्री, राखेप र आफ्नो मात्र प्रतिष्ठाको विषय नभई समग्र राष्टको प्रतिष्ठा र इज्जतको विषय भएकोले यसलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नुको विकल्प नभएको विष्टको भनाई छ ।
प्रतियोगिता शुरु हुनुभन्दा केही समयअघिबाटै उनले न त राम्ररी सुत्न पाएका छन् न त उनले आरामका साथ खान पाएका छन् । कुनै ठाउँमा कसैलाई पनि केही समस्या पर्ने वित्तिकै सम्झिने पात्र पनि उनिनै हुन् । उनको मोबाइलमा घण्टी बज्ने वित्तिकै कसैलाई कुनै समस्या भयो भन्ने बुझ्दा हुन्छ, विष्टको पहलमा केही बेरमै सो समस्या समाधान भैसकेको हुन्छ ।
उमेरका हिसाबले निकै युवा भएपनि व्यवस्थापनका हिसाबले विष्ट निकै कुशल र क्षमतावान मानिन्छन् । त्यसैले होला उनको पकड हरेक ठाउँमा उत्तिकै छ । उदघाटन निकै भव्य भएकोमा सन्तुष्टि व्यक्त गर्दै समापन पनि अतिनै भव्य र सभ्य बनाउने उनले बताए । निर्धारित समयमा यो महाकुम्भ सफलतापुर्वक आयोजना गर्न पाएकोमा उनि सबैभन्दा बढी सन्तुष्ट र खुशी देखिन्छन् ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *