१५ चैत्र २०८०, बिहीबार

धारा सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री अथकले गर्ने

धारा सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री अथकले गर्ने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १३ कात्तिक । धारा सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्ने निश्चित भएको छ ।
आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरी, पत्रकार जनक नेपाल र नेपाली क्रिकेट टीमका पूर्वकप्तान एलबी क्षेत्रीले युवा तथा खेलकुद मन्त्रालयमै पुगेर मन्त्री अथकलाई भेटेर प्रतियोगिताको उद्घाटन गर्ने तय गरेका हुन् ।
बाँके जिल्ला निवासी मन्त्री अथकले आफ्नै ठाउँमा हुँदै आएको राष्ट्रियस्तरको प्रतियोगिता उद्घाटन गर्न पाउदा आफू उत्साहित भएको प्रतिक्रिया दिनु भएको छ ।
नेपालगञ्ज म्याराथन मंसीर ४ गते शनिबार हुँदैछ । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीका बीचमा मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष नेपालगञ्जमा म्याराथन हुने गर्दछ । यसपाली शनिबार पार्नका लागि घोषित मिति भन्दा एक दिनअघि म्याराथन आयोजना गरिएको छ ।
नेपालगञ्ज म्याराथनको पहिलो संस्करणको उद्घाटन तत्कालिन गृहमन्त्री शक्ति बस्नेतले गरेका थिए । सातौं संस्करण त्यही पार्टीबाट युवा तथा खेलकुद मन्त्री बनेका अथकले गर्दैछन् । माओवादी विस्तृत शान्ति सम्झौताको एउटा पक्ष हो ।
सात हजार मानिसलाई दौडाउने योजना अनुसार नेपालगञ्ज म्याराथनको तयारी तीब्रगतिमा भइरहेको छ । नेपालगञ्ज म्याराथनको रौनक बढाउन महानायक राजेश हमाल आउँदै छन् । राष्ट्रियस्तरका सबै र विदेशबाटसमेत केही धावक नेपालगञ्ज म्याराथनमा दौडिदै छन् । सातै प्रदेशका खेलाडी नेपालगञ्ज म्याराथनमा सहभागी हुँदै छन् । क्रियटिभ ह्याण्डसका अध्यक्ष ठकुरीले नेपालगञ्ज म्याराथनमा स्थापित प्रतियोगिता भएकाले सबै राष्ट्रिय खेलाडीको सहभागिता रहने बताए । ‘युवा तथा खेलकुदमन्त्री अथकले समय दिनु भएको छ । महानायक राजेश हमाल आउँदै हुनुहुन्छ, यसले नेपालगञ्ज म्याराथनको रौनक अझ बढाएको छ, अध्यक्ष ठकुरीले भने, नेपालगञ्जको पहिचान बढाउने नेपालगञ्ज म्याराथनलाई अझ उचाईमा पु¥याउन जिल्लावासीको एकताको खाँचो छ ।’
फूल र हाफ म्याराथनमा सबै राष्ट्रिय खेलाडी दौडिदै छन् । विधागत दौडमा भविष्यका धावकहरु र विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता देखिदैछ । ८ देखि १२ वर्ष उमेरका बच्चाहरु, कर्पोरेट र वाकाथनमा शहरका गन्यमान्य व्यक्तित्वले भाग लिदैछन् । नेपालगञ्ज म्याराथनमा अपाङ्गता भएकाहरुले पनि प्रतिभा देखाउने मौका पाउदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *