६ बैशाख २०८१, बिहीबार

नेपालगन्ज म्याराथनको उद्घाटन खेलकुद मन्त्री अथकले गर्ने, पुरस्कार राशीमा बृद्धि

नेपालगन्ज म्याराथनको उद्घाटन खेलकुद मन्त्री अथकले गर्ने, पुरस्कार राशीमा बृद्धि

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २ । आगामी मंसिर ४ गते नेपालगन्जमा हुन गइरहेको “७ औं धारा नेपालगन्ज म्याराथनको” उद्घाटन खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्नुहुने छ ।
आयोजक संस्था कृयटिभ ह्यान्ड्सले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लावासी मन्त्री अथकले म्याराथनको उद्घाटन गर्ने औपचारिक जानकारी दिएको छ।
मंसिर ४ गते शनिबार बिहान ७ बजेदेखि म्याराथनका खेलहरु सुरु हुने नेपालगन्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो।
सो म्याराथन नेपालगन्ज उपमहानगरपालिका नजिक बिपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगि सोही रुट हुँदै पुनः बिपीचोकमा पुगेर पूरा हुने जनाउँदै उहाँले म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुने बताउनुभयो। म्याराथनमा लुम्बिनी, कर्णाली, प्रदेश नम्बर ७ का खेलाडीहरुले भाग लिने छन्।
आयोजकका अनुसार यस् सातौं संस्करणमा दश विधा समावेश गरिएको र नगद पुरस्कार राशीमा वृद्धि गरिएको छ । म्याराथन तथा हाफ म्याराथनमा शीर्ष सात जनालाई नगद राशीबाट पुरस्कृत गरिनेछ ।
म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचीलाई १० हजार, छैटौलाई ८ हजार र सातौलाई ७ हजार प्रदान गरिनेछ । हाफ म्याराथन ९महिला तर्फ विजेताले ५१ हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पांचौले ८ हजार, छैटौले ७ हजार र सातौले ६ हजार पाउनेछन् ।
१० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन् ।
त्यसैगरी, स्कुललेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन् । स्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन् । किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *