११ बैशाख २०८१, मंगलवार

नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा

नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा

खेल समाचार
नेपालगञ्ज, २३ कात्तिक । नेपाल आइसिसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा सीधै छनोट भएको छ । योसँगै नेपालले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु नपर्ने भएको छ । आइसिसी टी–२० वरीयताका आधारमा नेपालले सीधै ग्लोबल छनोट खेल्न अवसर पाएको हो । अहिले नेपाल आइसिसी टी–२० को १३औँ स्थानमा छ । नेपालले जिम्बाबे, युएई, हङकङ तथा पपुवा न्युगिनीजस्ता राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।
सन् २०२२ को फेब्रुअरी तथा मे महिनामा ग्लोबल छनोट हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सीधै छनोटमा परे पनि ग्लोबल छनोटको तयारी तथा पुनः विश्वकप खेल्ने सपना पूरा गर्न धेरै म्याच एक्सपोजर आवश्यकता रहेको प्रतिक्रिया दिनु भएको छ । सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा नेपाल पहिलोपटक छनोट भएको थियो । कप्तान मल्लले ग्लोबल छनोट हुँदै विश्वकप खेल्ने सपना पूरा गर्ने बताउनुभयो। यसका लागि बढीभन्दा बढी अन्तर्राष्ट्रिय म्याच एक्सपोजर खेल्नु पर्ने उहाँको भनाई छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले २०२० को जनवरीको वरीयताअनुसार नै सन् २०२२ को विश्वकप ग्लोबल छनोट प्रक्रिया सार्वजनिक गरेको हो । अर्को वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा शीर्ष आठ टोली सुपर १२ मा पुगेका छन् । आयोजक अस्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र बंगलादेश, अफगानिस्तानले सुपर १२ मा स्थान पक्का गरेका हुन् । युएई र ओमानमा जारी टी–२० विश्वकपको सुपर १२ मा पुगेका श्रीलंका, वेस्ट इन्डिज, स्कटल्यान्ड तथा नामिबिया पनि अर्को वर्ष हुने विश्वकपमा छनोट भएका छन् । यी सबै टोली पहिलो चरणमा रहेका छन् ।
आइसिसीले अस्ट्रेलियामा हुने विश्वकपमा १६ टोली भाग लिने जनाएको छ । बाँकी चार टोली ग्लोबल छनोट माध्यमबाट आउने आइसिसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *